तनहुँमा भ्युटावर निर्माण « Khabarhub

तनहुँमा भ्युटावर निर्माण


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएको हो । गत मङ्सिर २१ गते दृश्यावलोकन स्तम्भको शिलान्यास गरिएको थियो ।

मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहेका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको हो । यसका लागि उनकै सक्रियतामा रु ३० लाख सङ्कलन भएको थियो । ‘गाउँको विकासका लागि केही गरौँ भन्ने भावनासहित विदेशमा रकम सङ्कलन अभियान चलाएको थिएँ, गाउँमा आन्तरिक पर्यटक भित्र्याउने मुख्य लक्ष्य हो’, उनले भने, ‘ग्रामीण पर्यटनको माध्यमबाट स्थानीयवासीको आयआर्जन वृद्धिका लागि पनि स्तम्भ सहयोगी हुनेछ ।’

कूल रु ३८ लाख चार हजार ९०० को लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको मिछुर्लुङ क्षेत्र विकास तथा भ्युटावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिए । मिर्छुलुङ गाउँमा सञ्चालित घरवासको प्रवर्द्धनका लागि स्तम्भले सहयोग पुग्ने विश्वास लिइएको छ । ‘विगत केही वर्षदेखि यहाँ घरवास सञ्चालनमा छ, तर घरवासको प्रचारप्रसार हुन नसक्दा पर्यटकको चहलपहल हुन सकिरहेको छैन’, उनले भने, ‘स्तम्भ निर्माणपछि घरवासको पनि प्रवर्द्धन हुनेमा विश्वस्त छौँ ।’

मगर समुदायको कौरा, झ्याउरे, अर्गानिक परिकार मिर्छुलुङ घरवासको विशेषता हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङसमेत सञ्चालन गरिसकिएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण दुई वर्ष घरवास प्रभावित बनेको थियो । अब कोभिडको जोखिम नरहेकाले घरवासमा पर्यटकको चहलपहल हुने अध्यक्ष थापाले बताए ।

दृश्यावलोकन स्तम्भको उद्घाटन गर्दै भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले यसले मिर्छुलुङको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । ‘गाउँमा होमस्टे सञ्चालन छ, होमस्टेमा आउने पर्यटकलाई भ्युटावरबाट प्राकृतिक दृश्यावलोकन गराउन सके यहाँको थप प्रवर्द्धन हुन्छ’, उनले भने । पर्यटन प्रवर्द्धन गरी स्थानीयको आयआर्जनमा वृद्धि हुन सके मात्र भ्युटावर निर्माणको औचित्य रहेको उनले बताए ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ९ : १८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित