पूर्वसभामुख महराले भने– ‘एमसीसी जबर्जस्ती संसदमा पेस गरियो’ « Khabarhub

पूर्वसभामुख महराले भने– ‘एमसीसी जबर्जस्ती संसदमा पेस गरियो’


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले एमसीसी जबर्जस्ती प्रतिनिधिसभामा पेस गरिएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

महराले सरकारले विवाद र विरोधकाबीच एमसीसी सम्झौता पेस गरेको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

‘सत्तारुढ गठबन्धनमा हाम्रो पार्टीको तर्फबाट स्पष्ट रूपमा संसदमा पेस नगर्न आग्रह गर्दा पनि सरकारले जबर्जस्ती एमसीसी सम्झौता अघि बढाउन खोजेपछि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको तर्फबाट लिखित असहमति जाहेर गरिएको छ’ महराले पूर्व सभामुखको रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशको स्वाधीनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विषयमा दलहरूबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ दलभित्रै एकरूपता नहुँदा नहुँदै जबर्जस्ती प्रतिनिधिसभामा पेस भएको घटनाप्रति हाम्रो गम्भीर आपत्ति छ ।’

एमसीसी सम्झौता संसदमा पेस गर्नु हुन्न भन्दै सडकमा उत्रिएका विभिन्न दलसम्बद्ध नेता, कार्यकर्ता, स्वतन्त्र रूपमा आन्दोलनमा सहभागी नागरिकहरूमाथि भएको प्रहरी दमन एवं धरपकडको उनले विरोध गरेका छन् ।

साथै आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण आन्दोलनकारीको उपचारको उचित प्रबन्ध तथा उपचार खर्च ब्यहोर्न उनले सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ९ : १९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित