मकैको उत्पादन घट्दा किसान मर्कामा « Khabarhub

मकैको उत्पादन घट्दा किसान मर्कामा


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको तमानखोला गाउँपालिका–१ सम्मर गाउँका कृषक यसवर्ष निकै मर्कामा परेका छन् । कृषि ज्ञान केन्द्र बागलुङले कृषकलाई नयाँ जातको मकैको बीउ अध्ययन बिनानै वितरण गर्दा उत्पादन राम्रो नभएपछि कृषक मर्कामा परेका हुन् । गाउँलाई गत वर्ष मकै पकेट क्षेत्र घोषणा गरिएको थियो ।

गणेश जातको मकैको बीउ १७ समय मिटरभन्दा माथिको उचाइमा लगाउनुपर्ने हो तर सम्मर गाउँ एक हजार छ सय मिटरको उचाइमा छ । गणेश जातको मकै लगाउने उत्तम उचाइभन्दा होचो क्षेत्रमा बीउ लगाउँदा मकै ढल्ने, राम्रो घोगा नहाल्ने समस्याले उत्पादनमा कमी आएको कृषकको गुनासो छ । यहाँका कृषकले गत वर्षसम्म मनकामना जातको मकै लगाउने गरेका र उक्त जातको बीउले उत्पादन पनि राम्रो दिएको थियो ।

‘यसवर्ष कृषि ज्ञान केन्द्रले वितरण गरेको बीउले नै ठग्यो’, स्थानीय कृषक प्रेमबहादुर पुनले भने, ‘यसपालि उत्पादनमा निकै कमी आयो, अर्को वर्षदेखि यो बीउ लगाउनै नहुने भो ।’ मकै ब्लगका अध्यक्षसमेत रहेका पुनले गाउँका अधिकांश कृषकले कृषि ज्ञान केन्द्रले वितरण गरेको बीउ लगाएका छन् । नयाँ जातको बीउबाट राम्रो उत्पादन गर्न सकिने आश गरिएको तर उत्पादनमा निकै कमी भएपछि निराश हुनुपरेको बताए । ज्ञान केन्द्रका प्राविधिकले अर्को वर्षदेखि यो बीउलाई उच्च ठाउँमा पठाउने र यहाँ मनकामना जातनै लगाउन सुझाएको उनको भनाइ छ ।

स्थानीय कृषक छमप्रकाश पुनले भए भरको सबै बारीमा नयाँ जातको मकै लगाउँदा धेरै नोक्सानी ब्यहोर्नुपरेको बताए। उनले ज्ञान केन्द्रले सुरुमै गाउँमा आएर प्राविधिक रुपमा माटो जाँच गरेर बीउ वितरण गरेको भए आफूहरूले धेरै नोक्सानी बेहोर्नुपर्ने बताए ।

‘बीउ वितरण गर्ने बेलामा प्राविधिक आएर यहाँको वस्तु स्थिति, माटो र हावापानी परीक्षण गरेको भए हामीले यति धेरै नोक्सानी भोग्नुपर्ने थिएन’, उनले भने, ‘अब अर्को वर्षदेखि पहिलेको बीउले राम्रो उत्पादन दिएको त्यसैलाई निरन्तर गर्नुपर्छ ।’ कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले सम्मर गाउँ एक हजार छ सयभन्दा माथिको उचाइमा रहेको भन्दै बीउको माग गरेको र सोही अनुसार केन्द्रले बीउ उपलब्ध गराएको बताए । उनले उत्पादनमा केही कमी आए पनि नयाँ बीउ भएको हुँदा प्राविधिक रुपमा उत्पादनमा खासै कमी नआएको बताए ।

‘नयाँ बीउ हो, केही कमी आउन सक्छ, गणेश जातको मकै गणेश हिमालको नामबाट राखिएको हो, यो एक हजार सात सय मिटरभन्दा माथिको उचाइमा राम्रो उत्पादन हुने हो, कृषकहरूले माग गर्दा निकै उचाइमा छ, हाम्रो ठाउँ भनेर माग गरे । हामीले पनि सोहीअनुसार उनीहरूलाई मकैको बीउ उपलब्ध गरायौँ’, प्रमुख भट्टराईले भने, ‘यसका लागि कृषकले बढी मेहनत गर्नुपर्छ, उनीहरूले कम मेहनत गरे, कम्पोस्ट मलको आवश्यक हुन्छ, मल पनि कम प्रयोग भएको हुँदा उत्पादन कम भएको हो ।’

भट्टराईले ज्ञान केन्द्रले तालिम दिएअनुसार कृषकले काम नगर्दा उत्पादनमा कमी आएको समेत बताए । उनले अर्को वर्षदेखि मकामना-३ जातकै बीउ वितरण गर्ने योजना बनाएको बताए । त्यस क्षेत्रमा आगामी वर्षका लागि मनकामना जातकै बीउ प्रस्ताव गरि केन्द्रमा सिफारिस गरेको जानकारी गराए ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ४ : ३३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित