‘लन्डन पव’ मा अनिल सिंह « Khabarhub

 ‘लन्डन पव’ मा अनिल सिंह


३ भदौ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतसंगीतमा अनिल सिंहको आफ्नै पहिचान छ । विशेष गरी पप गायनमा उनको नाम चर्चामा रहन्छ । 

झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने उनले गाएका गीतसंगीतमा नझुम्ने कमै थिए, जसमा अहिले पनि कमी पाइएको छैन । उनले गीत गाउँदै गर्दा आफूलाई स्थिर बनाउन सक्ने संगीतप्रेमी दर्शक नै छैनन् भन्दा पनि फरक पर्दैन। किनकि उनको गायन शैली र गीत नै त्यस्तै छ । संगीत प्रेमीमार्फत रकस्टारको ट्याग पाएका अनिलको गीतमा रम्नेमा युवापुस्ता धेरै छन् । आफै गाउने र कम्पोज गर्ने भएकाले पनि अनिलको छुटै फ्यान फ्लोअर्स छन् । यिनै अनिलले पछिल्लो समय सार्वजनिक गरेको गीत ‘रेलिमोई’ चर्चामा छ ।

केही समयको तयारीपश्चात् गीतसंगीतमा फर्किँदै छन् उनी । अनिलले छिटै सार्वजनिक गर्ने गरी अहिले गीतको काम गरिरहेका छन् । ‘रेलिमोई’ बोलको गीतमा अनिलको स्वर मात्र छैन, उनी फिचर्ड पनि छन् । यिनै अनिलले शुक्रबार काठमाडौंस्थित ‘लन्डन पव’ मा कन्सर्ट गर्ने भएका छन् । उनले म्युजिकल क्लब टुरअन्तर्गत कन्सर्ट गर्न लागेका हुन् । उनले यसपटक ब्यान्डसँगै कन्सर्ट गर्दैछन् । उनको ब्याण्ड ‘ग्रुभी सोल’ मा भोकलिस्ट अनिल छन् भने किबोर्डमा सुनिल सिंह, लिड गीतारिस्टमा अनिश मानन्धर, बेस गीतारिस्टमा सन्दीप गुरुङ, ड्रमरमा प्रज्वल निर्वाण छन् ।

शुक्रबार बेलुकी ८ बजेबाट सुरु हुने कन्सर्टमा अनिलले आफ्नो हिट गीतहरु प्रस्तुत गर्नेछन् । उनको आई लभ यु, प्रेम पत्र, डुब्न देऊ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सकेलगायतका दर्जन बढी गीत सुपरहिट छन् । ‘योजनाअनुसार नै काम अगाडि बढाइरहेको छु । क्लबहरूमा म्युजिकल टुरपश्चात विदेशमा पनि गर्ने तयारी हुँदैछ,’ अनिलले भने । केही समय कन्सर्टमा मात्र केन्द्रीत अनिलले पछिल्लो समय गीतसंगीत सिर्जनामा पनि समय दिइरहेका छन् । ‘हामीले एउटा समयमा गरेको कामसँगै अहिले अपडेट भएर, ट्रेन्ड बुझेर आउनुपर्छ,’ अनिलले भने । 

आफ्नो गीत र गतिविधिलाई जानकारी गराउने उद्देश्यले उनले ‘म्युजिक स्टेट’ नामक च्यानल बनाएका छन् । ‘म युट्युबको लागि नयाँ छु । किनकि यसको लोकप्रियता बढेपछि म गीतसंगीत लिएर आएको छैन । अब भने सक्रियता बढाउँदैछु,’ उनले भने । साथै, उनले आफ्नो सफल गीत इञ्जिन गाडीमा २ र आई लभ यु २ गीत छिटै दर्शकसमक्ष ल्याउँदै छन् । उनले आफ्नो हिट गीतहरुको नयाँ सिर्जनालाई ‘द ग्रेट हार्मोनिस्ट २’ एल्बममा संग्रहित गर्दैछन् ।

यसपटक उनले आफ्नै हिट एल्बम ‘द रियल हार्मोनिस्ट’ कै नाम सापटी लिँदै एल्बम नै तयार गर्न लागेका हुन् । ‘गीतसंगीतसँगै अन्य कामहरू पनि छन् । सबै योजनाअनुसार नै अगाडि आउने छन्,’ अनिलले भने । 

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  १ : ४९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित