न्यादी आयोजनाको विद्युत उत्पादन परीक्षण सुरु « Khabarhub

न्यादी आयोजनाको विद्युत उत्पादन परीक्षण सुरु


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- जिल्लाको मर्स्याङ्दी गाउँपालिका–६ स्थित ङादी खोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एन्ड इन्स्टलेशन कम्पनीले निर्माण गरेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली उत्पादन परीक्षण सुरु भएको छ । 

नेपाल विद्युत् प्राधिकरणद्वारा आजदेखि यहाँ उत्पादन परीक्षण सुरु गरेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए। आजदेखि तीन दिनसम्म सुक्खा परीक्षण र दुई दिन चलाएर नै परीक्षण गर्ने भएको छ । सो परीक्षण पश्चा्त १२ देखि १८ घण्टा प्लान्ट बन्द हुनेछ । सो पश्चा्त विविध पुनः जाँच प्राविधिकरण गर्ने र सबै ठीक भई बिजुली उत्पादन थालेको १५ दिनपछि मात्र व्यावसायिक रुपमा प्राधिकरणको अनुमति पश्चा्त बिजुली उत्पादन अघि बढ्ने आयोजनाले जनाएको छ । 

    आयोजनाको बिजुली २२० केभी मर्स्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सबस्टेशनमा जोड्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ । प्राधिकरणसँग सम्झौता गरिएअनुसार प्रसारण लाइन बनाउन नसक्दा वैकल्पिक रुपमा ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ को भुलभुले–मर्स्याङ्दी प्रसारण लाइनमा  जडान गर्न आयोजना अघि बढे पनि सहमति जुट्न नसक्दा दुई महिनादेखि दैनिक ३० मेगावाट बिजुली खेर गइरहेको थियो । केही समयअघि मात्र सम्बन्धित मन्त्रालय र प्राधिकरणबाटै सोही लाइनअन्तर्गत सोही पालिका–८ लाम्पाटामा रहेको उक्त वैकल्पिक रुपमा आयोजनाले १३२ केभीको चौथो टावरमा जोड्न निर्देशन दिएको थियो । 

    वि सं २०७३ चैत महिनादेखि निर्माण थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार निर्माण सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप गर्दै निर्माण कार्य सम्पन्न गरेको यस आयोजनाले ६ अर्बको भन्दा बढी लागतमा आयोजना निर्माण गरेको छ । 

आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् रु साढे चार अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४ दशमलव ८० र सुक्खायामका लागि आठ रुपैयाँ ४० मा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : १७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित