विभिन्न ३६ प्रकारका वस्तुमा निर्यातमा अनुदान « Khabarhub

विभिन्न ३६ प्रकारका वस्तुमा निर्यातमा अनुदान


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको निर्यातमा पाइने अनुदान भुक्तानीका लागि समय बढाएको छ । यसअघि निर्यातमा अनुदान दिनुपर्ने रकम अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई उपलब्ध गराउने र राष्ट्र बैंकले निर्यातकलाई सात दिनभित्रै उपलब्ध गराउने व्यवस्था रहेको थियो । त्यसलाई संशोधन गर्दै राष्ट्र बैंकले १५ दिन बनाइएको हो ।

राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको परिपत्र २०७८ मा संशोधन गर्दै यसबारे जानकारी गराएको हो । गत असोजमा सरकारले निर्यातमा अनुदानप्रदान गर्नेसम्बन्धी कार्यविधि (पहिलो संशोधन) २०७५ लाई संशोधन गर्दै विभिन्न ३६ वस्तुमा अनुदान उपलब्ध गराउने व्यवस्था गरेको थियो । निर्यातमा अनुदानप्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ ले विभिन्न ३६ प्रकारका वस्तुको निर्यातमा अनुदान दिने व्यवस्था गरेको छ । त्यसमध्ये १८ प्रकारका वस्तुमा मूल्य अभिवृद्धि (भ्यालु एड) ५० प्रतिशत र बाँकी १८ प्रकारका वस्तुमा ३० प्रतिशत हुनुपर्ने व्यवस्था रहेको छ ।

मूल्य अभिवृद्धि ५० प्रतिशत हुनुपर्ने वस्तुमा प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला (तामा, फलाम, ढलोट र सिसा कच्चा पदार्थका रुपमा प्रयोग भएका वस्तु)र काष्टकलाका वस्तु रहेका छन् । प्रशोधित छाला, हातेकागज तथा सोबाट उत्पादित सामान, प्रशोधित तथा अर्धप्रशोधित जडिबुटी , प्रशोधित पत्थर तथा सारयुक्त तेल, अल्लोबाट उत्पादित सामान, प्रशोधित पिउने पानी, प्रशोधित तथा अर्ध प्रशोधित बेसार, ताजा तरकारी, पुष्प, प्रशोधित मह, अलैँची र अदुवामा पनि ५० प्रतिशत मूल्य अभिवृद्धि हुनुपर्नेछ । कार्यविधिको नयाँ व्यवस्थाले परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा दुग्धजन्य पदार्थ, फलफूल र अम्रिसो निर्यातमा पनि अनुदान दिने व्यवस्था गरेको छ ।

यस्ता वस्तुको निर्यात गरेमा कूल निर्यात मूल्यको पाँच प्रतिशत हुन आउने रकम अनुदान दिइने व्यवस्था रहेको छ । यी वस्तुको उत्पादनमा कम्तीमा ८० प्रतिशत मूल्य अभिवृद्धि गरी निर्यात गरेमा थप एक प्रतिशत बराबर हुने आउने रकम अतिरिक्त अनुदान दिइनेछ । मूल्य अभिवृद्धि ३० प्रतिशत भएमा निर्यातमा अनुदान पाइने वस्तुको सङ्ख्या पनि १८ वटा छ । स्वदेशमा उत्पादित कपडा तथा तयारी पोशाक, गलैँचा तथा उनीका सामान, पश्मिना, जुट तथा जुटका उत्पादनहरु, सुनचाँदीका गरगहना, स्वदेशी अर्धप्रशोधित छाला, औषधि, उनीजन्य वस्तु, पोलिस्टररयार्नरफाइबर, तामाका सामान, जुत्ताचप्पल, क्लिंकर, सिमेन्ट, स्टील, कत्था, रोजिन तथा तार्पेन र प्लाइउडको निर्यातमा ३० प्रतिशत मूल्य अभिवृद्धि हुनुपर्नेछ । यस्ता वस्तुमा निर्यात मूल्यको चार प्रतिशतले हुन आउने रकम सरकारले अनुदान उपलब्ध गराउनेछ । यी वस्तुको निर्यातमा ७० प्रतिशतसम्म मूल्य अभिवृद्धि भएमा थप एक प्रतिशत अतिरिक्त अनुदान उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  १० : २९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित