धनुषा–२ मा तीन पूर्वमन्त्री मैदानमा « Khabarhub

धनुषा–२ मा तीन पूर्वमन्त्री मैदानमा


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कमला– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पाँच दिन मात्रै बाँकी छन् । निर्वाचनमा प्रचारप्रसारका लागि तीनदिन बाँकी रहँदा धनुषा निर्वाचन क्षेत्र नं २ मा चुनावी माहोल तातेको छ । सत्तारुढ गठबन्धनबाटै दुई जनाले उम्मेदवारी दिएपछि धनुषा क्षेत्र नं २ को चुनावी भीडन्त रोचक बनेको छ । अझ उम्मेदवारमध्ये तीन जना पूर्वमन्त्री चुनावी मैदानमा छन् ।

सत्तारुढ गठबन्धनबाट कांग्रेसका पूर्वमन्त्री रामकृष्ण यादव र सत्तारुढ गठबन्धनबाटै नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री रामचन्द्र झा चुनावी मैदानमा रहेका छन् । अन्य क्षेत्रमा एमाले-जसपाबीच गठबन्धन भए पनि यो क्षेत्रमा भने दुवै दल स्वास्थ्य प्रतिस्पर्धामा उत्रिएका छन् ।

एमालेबाट पूर्वमन्त्री उमाशङ्कर अरगरिया र जसपाबाट गङ्गाराम यादवले उम्मेदवारी दिएका छन् । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आ–आफ्नो तरिकाले घरदैलो गरिरहेका छन् । उनीहरूले घोषणापत्रसहित प्रतिबद्धता मतदाताकाबीच पुर्‍याएका छन् । यसक्षेत्रमा एक लाख २४ हजार सात सय ४५ जना मतदाता रहेको छ । जसमध्ये पुरुषतर्फ ६६ हजार आठ सय १० र महिलातर्फ ५७ हजार तीन सय ४४ जना रहेको निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन क्षेत्र नं २ धनुषाले जनाएको छ ।

धनुषा क्षेत्र नं २ मा एक सय २६ वटा मतदान केन्द्र तोकिएको सो कार्यालयले जनाएको छ । धनुषाको क्षेत्र नं २ मा कमला नगरपालिका शहीदनगर नगरपालिका, जनकनन्दिनी गाउँपालिका, औरही गाउँपालिका, विदेह नगरपालिका–१ देखि ८ सम्म, हंसपुर नगरपालिका-१,४ ,६ ,९ र जनकपुरधाम उपमहानगरपालिका– १७ र १८ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभामा राजनीतिक दल र स्वतन्त्र गरी १६ जना उम्मेदवार रहेका छन् । त्यसैगरी, सोही क्षेत्रको प्रदेशसभा (क) तर्फ १४ जना र प्रदेशसभा (ख) १७ गरी प्रदेशसभाको लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

तत्कालीन संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभामा उमशङ्कर अरगरिया निर्वाचित भएका थिए। अरगरिया यो पटक एमालेबाट उम्मेदवार बनेका हुन्। २०७४ सालको निर्वाचनमा  अरगरियाले ३२ हजार ४४ मत पाउँदा रामचन्द्र झाले १८ हजार सात सय १५ र रामकृष्ण यादवले १५ हजार चार सय ४२ मत पाएका थिए।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ३ : ०० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित