सुपर डान्सर नेपाल :  फिजिकल अडिशन, अब डिजिटल अडिशन सुरु « Khabarhub

सुपर डान्सर नेपाल :  फिजिकल अडिशन, अब डिजिटल अडिशन सुरु


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्चाइज शो ‘सुपर डान्सर नेपाल’ को फिजिकल अडिशन सकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा भव्य अडिशनसँगै ‘सुपर डान्सर नेपाल’ को फिजिकल अडिशन सकिएको हो । काठमाडौंको अडिशन आयोजकले अपेक्षा गरेभन्दा उत्साहजनक भएको बताईएको छ । काठमाडौं अडिशनमा ३ सय प्रतिस्पर्धीले सहभागीता जनाए । ‘सुपर डान्सर’ को क्रेज काठमाडौंमा राम्रो देखिएको आयोजक ए.डी. रिलिज प्रा.ली.की कम्युनिकेसन्स शेन म्यानेजर रश्मी अग्रवालले बताइन् । 

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने शो को पहिलो चरण सकिएसँगै अब प्रशारणको तरखर सुरु भएको छ । यस्तै, भोलिदेखि डिजिटल अडिशन हुने अग्रवालले जानकारी दिइन् । छुटेका र थाहा नपाएका ट्यालेन्टहरुलाई पुनः अवसर दिने हेतुले डिजिटल अडिशन राखिएको उनले बताइन् । डिजिटल अडिशनमा भाग लिन एकदेखि डेढ मिनेटसम्मको डान्स भिडियो इमेल superdancernepal@gmail.com  मा पठाउन सक्ने आयोजकले जनाएको छ ।

फिजिकल अडिशन दिएका प्रतिस्पर्धीले डिजिटल अडिशन दिने पाउने छैनन् । भिडियो प्रष्ट बुझिने हुनुपर्ने बताईएको छ । भिडियो पठाउँदा नाम, ठेगाना, उमेर र सम्पर्क नम्बर पनि उल्लेख गर्नुपर्ने आयोजकले जनाएको छ । असार १ गतेदेखि शुरु हुने डिजिटल अडिशन असार ७ गतेसम्म हुनेछ ।

‘सुपर डान्सर’ अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको भारतीय टेलिभिजन रियालिटी शो हो । नेपालको लागि औपचारिक रुपमा‘ सुपर डान्सर नेपाल’ फ्रेन्चाइज शो उत्पादन, बजारीकरण र प्रशारणको सर्वाधिकार ए.डी. रिलिजको रहेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १ : ०६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित