नवलपरासीपूर्वमा यस्तो छ निर्वाचनको तयारी « Khabarhub

नवलपरासीपूर्वमा यस्तो छ निर्वाचनको तयारी


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासीपूर्व – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको छ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित तवरले सम्पन्न गराउन जिल्लाका सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयलगायतले अन्तिम तयारी गरिरहेका छन्।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले भने, ‘निर्वाचनको सम्पूर्ण तयारी अन्तिम अवस्थामा पुगेको छ, आवश्यक सुरक्षाको प्रबन्ध सबै मतदान केन्द्रमा भइसकेको छ।’ निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षाको व्यवस्था सुदृढ बनाइएको उनको भनाइ छ।

उनका अनुसार जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित छन्। सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आवश्यक परेको खण्डमा मतदान अधिकृत, कर्मचारी मतपत्रलगायतको सुरक्षाको लागि मतदान केन्द्रमा थप प्रहरी परिचालन हुने बताए।

मतदान अधिकृतलाई तालिम
जिल्लाभित्रको मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ। सबै मतदान अधिकृतलाई नियुक्तिपत्र दिई शुक्रबार र शनिबार दुई निर्वाचन क्षेत्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतको अभिमुखीकरण कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले जानकारी दिए। प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र रहेको नवलपरासीपूर्वमा एक सय १३ मतदानस्थल र तीन सय दुई मतदान केन्द्र रहेका छन्।

मतदान अधिकृलाई निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्थापन र मतपेटिका ढुवानी, निर्वाचन कार्यक्रम, जनशक्ति, आर्थिक व्यवस्थापन, मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी र भूमिका, मतदानको सामग्री बुझेपश्चात् मतपेटिका बुझाउनेसम्मको प्रक्रियालगायत विषयमा अभिमुखीकरण दिइएको जनाइएको छ।

निर्वाचनका लागि दुई हजार चार सय १६ कर्मचारी परिचालन गरिएको उनले जानकारी दिए। निर्वाचन सम्पन्न गर्नका लागि यहाँ रहेका हरेक मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ जना कर्मचारी परिचालन गरिएको छ। प्रत्येक मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारी परिचालन गरिएको छ।

सबै पालिकामा नमूना मतदान
बदर मत कम गर्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय नवलपरासीपूर्वले आठ वटै पालिकामा नमूना मतदान कार्यक्रम गरेको छ। विद्यार्थी तथा स्थानीयलाई मतदान गर्न सिकाउने र बदर मत कम गर्ने उद्देश्यले नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको हो।

जिल्ला निर्वाचन कार्यालयका पदाधिकारी र केही स्थानीयको सहभागितामा नमूना मतदान सञ्चालन भएको थियो। मतदाता प्रशिक्षण कार्यक्रम प्रभावकारी नभएको जनगुनासो आइरहँदा उच्च शिक्षा हासिल गर्ने विद्यार्थी तथा स्थानीयलाई लक्षित गरी नमूना मतदान गर्न सिकाइएकाले विद्यार्थीले आफू र आफ्नो परिवारलाई मतदान गर्न सिकाउने अपेक्षाका साथ नमूना मतदान कार्यक्रम सञ्चालन गरेको जिल्ला निर्वाचन अधिकारी भुषालले बताए।

नमूना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो। स्वस्तिक छाप लगाएपश्चात् मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : ०७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित