खोटाङको जयरामघाटमा स्थायी प्रहरी पोष्ट स्थापना « Khabarhub

खोटाङको जयरामघाटमा स्थायी प्रहरी पोष्ट स्थापना


३० असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको प्रमुख नाकाका रुपमा रहेको जयरामघाटमा स्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । ओखलढुंगा र खोटाङको सिमानामा पर्ने जयरामघाटमा बुधबार अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा पर्ने जयरामबजारमा सोही नगरपालिकाका मेयर बिमला राईले अस्थायी प्रहरी पोष्ट उद्घाटन गरेकी हुन् । जयराम क्षेत्रमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्ने लक्ष्यका साथ अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

भौगोलिक रुपमा विकट, दुधकोसी किनारमा रहेको तथा राम्ररी फोन नचल्ने जयरामघाटमा माग भएको दशकपछि मात्र अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । हाललाई स्थानीय सुमित्रा राईको घरमा भाडामा अस्थायी प्रहरी पोष्ट खडा गरिएको हो । अस्थायी प्रहरी पोष्टमा हवल्दारको नेतृत्वमा पाँच प्रहरी राख्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । डिएसपी लम्सालले क्रमशः जग्गा जुटाउँदै आवश्यक भौतिक संरचना निर्माण गरेर स्थायी रुपमा प्रहरीचौकी स्थापनाका लागि पहल गर्न स्थानीयलाई आग्रह गरेका छन् ।

जयरामघाट जिल्ला प्रवेश गर्ने प्रमुख नाका मात्र नभएर त्रि–धार्मिकस्थल हलेसी तथा मध्यपहाडी राजमार्ग हुँदै भोजपुर धनकुटा आवत–जावत गर्ने मार्ग भएकाले स्थानीयले शान्ति सुरक्षाका लागि लामो समयदेखि प्रहरीचौकी स्थापनाको माग गर्दैआएका थिए । बाक्लो जमघट हुने तथा अप्रिय घटना घटेको अवस्थामा च्यास्मीटार प्रहरीचौकीलाई खबर गर्नुपर्ने वाध्यता अन्त्या भएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए ।

तीन सय नागरिकका लागि एक जना प्रहरीको व्यवस्था हुनुपर्नेमा खोटाङमा ५४३ नागरिकका लागि एक प्रहरीको व्यवस्था छ । अस्थायी प्रहरी पोष्ट स्थापना कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश राउत, निमित्त प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, गोरखनाथ गण मुढे व्यारेकका सेनानी पुकार वस्नेत, शसस्त्र प्रहरीका डिएसपी सरोज कार्की, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका वडाध्यक्ष किशोर बस्नेत लगायतको उपस्थिति थियो । कार्यक्रममा एमालेका प्रतिनिधि फौदसिं कार्की, नेकपा माओवादी केन्द्रका प्रतिनिधि एलबी राईले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ११ : १५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित