सवारीसाधनको स्वरुप परिवर्तन गरी माइकिङ गरेको विषयमा २४ घन्टे स्पष्टीकरण माग « Khabarhub

सवारीसाधनको स्वरुप परिवर्तन गरी माइकिङ गरेको विषयमा २४ घन्टे स्पष्टीकरण माग


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले मधेस प्रदेशसभा सदस्यका उम्मेदवार जितेन्द्रकुमार यादवलाई सवारी साधनको स्वरुप परिवर्तन गरी माइकिङ गरेको विषयमा २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ ।

नम्बर प्लेटसमेत नदेखिने गरी सवारी साधनको स्वरुप परिवर्तन गरी माइकिङ गर्दै निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल रहेको आयोगको ठम्याइ छ । ‘तपाईंको प्रचारप्रसारमा प्रयोग भएको सवारी साधनको श्रव्यदृश्य सामग्री यसैसाथ छ। उक्त सवारीसाधन तपाईंको प्रचारप्रसारमा प्रयोग भएको होइन भन्ने आधार कारण के छ ?, यदि तपाईंको प्रचारप्रसारमा उक्त सवारीसाधन प्रयोग भएको हो भने तपाईंको कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को खण्ड (द) र दफा १४ को खण्ड (ग) को विपरीत हुने भएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र ९४० बमोजिम कारवाही हुनु नपर्ने कारण के छ ?’

आचारसंहिताको दफा १३, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (द) मा कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सबै प्रकारका सवारीसाधन प्रयोग गरी र्‍याली आयोजना गर्न प्रचारप्रसार गराउन नहुने व्यवस्था छ । 

आचारसंहिताको दफा १४ को उपदफा (ज्ञ) को खण्ड (क) मा निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईपाङ्ग्रे वा तीनपाङ्गे्र वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन र त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा चार घोडा प्रयोग गर्नसक्ने तर विदेशी नम्बर प्लेटको सवारी साधनलाई त्यस्तो अनुमति दिइने छैन भन्ने व्यवस्था छ । 

सोही दफाको उपदफा (१) को खण्ड (२) मा कुनै पदको निर्वाचन प्रचारप्रसारका लागि राजनीतिक दलले खण्ड (क) बमोजिमको प्रक्रिया पूरा गरी सोहीबमोजिमको सङ्ख्या र प्रकारका सवारीसाधन मात्र प्रयोग गर्नुपर्ने व्यवस्था छ । सोही दफाको उपदफा (१) को खण्ड (ग) मा खण्ड (क) र (ख) बमोजिम अनुमति प्राप्त गरेका सवारी साधनको स्वरुप परिवर्तन गरी प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ ।

पदीय दायित्व ख्याल नगरी प्रचारप्रसारमा संलग्न भएकामा वडाध्यक्षलाई स्पष्टीकरण

आयोगले पदीय दायित्वसमेत ख्याल नगरी लगातार निर्वाचनसम्बन्धी दलका बैठक, कार्यक्रम र भेलालगायतमा सहभागी भएको भन्ने उजुरीका आधारमा बागलुङ नगरपालिकाका वडा नं १४ का वडाध्यक्ष चक्रबहादुर खत्रीलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।

निर्वाचन आचारसंहिताको दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने तर स्थानीय कार्यपालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार प्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्था रहेको स्मरण गराउँदै आयोगले स्पष्टीकरण सोधेको हो ।

‘तपाईं निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरि नेपाली कांग्रेसका उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनु भएको होइन भन्ने आधार प्रमाण के छ ?’, आयोगको स्पष्टीकरणमा भनिएको छ, “तपाईंले बागलुङ नगरपालिकाको कार्यपालिकाको सदस्य रहेका कारण सो नगरपालिकाभित्र राजनीतिक दलको प्रचारप्रसारमा संलग्न भएको कार्यले निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने हुँदा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिमको जरिवाना किन गर्नु नपर्ने हो ?’

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ६ : ५४ बजे

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने