गोर्खा इको प्यानलको ट्रेडमार्क प्रयोग नगर्न उद्योग विभागको आदेश  « Khabarhub

गोर्खा इको प्यानलको ट्रेडमार्क प्रयोग नगर्न उद्योग विभागको आदेश 


२६ श्रावण २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग विभागले इको प्यानल ट्रेडमार्क प्रयोग नगर्न र नगराउन नेपाल इको प्यानलको नाममा आदेश जारी गरेको छ । उजुरकर्ता इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिले आफ्नो दर्ता तथा ट्रेडमार्क प्रयोग गरी प्रचारप्रसार गरेको भनी दिएको उजुरीको आधारमा उद्योग विभागले नेपाल इको प्यानललाई उक्त आदेश जारी गरेको हो ।

विभागले उजुरी उपर छलफल गरी हाललाई अन्य कसैलाई पनि इको प्यानल ट्रेडमार्क प्रयोग नगर्न विपक्षीको नाममा आदेश जारी गरेको हो ।
उजुरकर्ताले इको प्यानल-गोर्खा इको प्यानल ट्रेडमार्कहरु २०७० सालदेखि नै प्रि-फ्याब उत्पादनहरूमा प्रयोग गर्दै आएको तथा सो ट्रेडमार्कहरु उद्योग विभागमा दर्ता गरी कानुनी हकसमेत प्राप्त गरेकोमा उक्त ट्रेडमार्कहरुको प्रतिष्ठाबाट अनुचित लाभ लिने उद्देश्यले इको प्यानल नेपाल प्रालिले  उपयुक्त ट्रेडमार्कहरुसँग हुबहु मिल्ने गरी नेपाल इको प्यानल नाम राखेको भन्दै विभागमा उजुरी दर्ता गरेको थियो । 

कम्पनीको ट्रेडमार्क इको प्यानलमा नेपाल शब्द अगाडि राखी गलत मनसायका साथ सो ट्रेडमार्क प्रयोग गरी उस्तै प्रकृतिको सामान उत्पादन गर्दै आएको र उपभोक्ता झुक्किने अवस्था विद्यमान रहेको कुरालाई मध्यनजर गर्दै उक्त आदेश जारी भएको छ । आदेशको पालना नगरे कानुन बमोजिम कडा कारबाही हुने पनि विभागले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ५ : ०१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित