सकियो राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन « Khabarhub

सकियो राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा काठमाडौँमा दुई दिन (२६ र २७ असार) चलेको राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन सम्पन्न भएको छ।

 देशको विभिन्न जिल्लाका प्रतिनिधिहरु सहभागी सम्मेलनले सर्व धर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र पुनः स्थापनामा मन, वचन र कर्मले प्रतिबद्ध रहने संकल्प गरेको छ। सम्मेलनले सर्वपक्षीय सहमतिको आधारमा सनातन हिन्दु राष्ट्र स्थापना गर्न सम्बद्ध सबै पक्षसँग आग्रह समेत गरेको छ।

सम्मेलनले सनातन धर्म संस्कृतिलाई विस्थापित गर्ने गरी संगठित र योजनाबद्ध रूपमा भइरहेको धर्मान्तरणप्रति गहिरो चिन्ता व्यक्त गर्दै संविधान र कानुनले निषेध गरेको धर्म परिवर्तन नियन्त्रणको लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ। नेपालको वर्तमान संविधानले परम्परादेखि चलिआएको धर्म संस्कृति र परम्पराको रक्षा गर्नु सरकारको दायित्व हुने व्यवस्था गरेको हुँदा यसरी व्यापक रूपमा धर्म परिवर्तन किन भइरहेको छ तथा यसको निराकरणका निम्ति के गर्नु पर्छ भन्ने विषयमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न अविलम्ब समिति गठन गरियोस् भन्ने यो सम्मेलन माग गरेको छ ।

धर्म संस्कृतिको आडमा कायम रहेको सामाजिक सांस्कृतिक विभेद, छुवाछुत प्रथा र अन्धविश्वासले सनातन धर्म संस्कृतिलाई कमजोर बनाइरहेको तथा धर्म परिवर्तनको प्रमुख कारण समेत भएको हुँदा यस्ता समस्या र चुनौतीको निराकरण गर्न सम्बद्ध सबै पक्षको सम्मेलनले ध्यानाकर्षण गरेको छ । खास गरी धार्मिक संघसंस्था एवं धार्मिक व्यक्तित्वहरूले यस कार्यमा अग्रणी भूमिका निर्वाह गर्नु पर्छ भन्ने सम्मेलनको धारणा रहेको छ।

सनातन हिन्दु राष्ट्रको पहिचान संवैधानिक रूपमा पुनः स्थापना गर्न एवं सनातन धर्म संस्कृति र परम्परा माथि भइरहेको आक्रमण रोक्न सम्पूर्ण धार्मिक संघसंस्था, धार्मिक गुरु, स्वामी, पण्डितहरूका बिचमा एकता, समन्वय र सहकार्यको निमित्त सम्मेलनले आह्वान गरेको छ । यस्तै ४० गौरक्षाको निम्ति प्रत्येक पालिकामा कम्तीमा एउटा गौशाला निर्माण गर्न सम्मेलनले देशका सम्पूर्ण पालिकाहरूलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ३ : ४३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित