दाङमा कोमल वलीसहित आठ महिला चुनावी प्रतिस्पर्धामा « Khabarhub

दाङमा कोमल वलीसहित आठ महिला चुनावी प्रतिस्पर्धामा


२४ कार्तिक २०७९, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन्।

दाङ क्षेत्र नं १ बाट नेकपा (एमाले)की शान्ता चौधरी र सत्ता गठबन्धनबाट सहरी विकासमन्त्री मेटमणि चौधरी मुख्य प्रतिस्पर्धामा छन्। घोराही उपमहानगरपालिका–४ डाँडागाउँ ठेगाना भएकी चौधरी पूर्वकमलरी हुन्। पच्चीस वर्ष कमलरी जीवन बिताएकी चौधरी एमालेको सचेतक हुँदै संसद्को प्राकृतिक स्रोत समितिको संयोजकसमेत भइन्। उनले कमलरी र गरिब किसानका हकअधिकारबारे आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। देउखुरी उपत्यकाको राप्ती नदी र अन्य खोलामा तटबन्ध गर्ने उनको प्रतिबद्धता छ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबाट रुक्मिणी चौधरी र हाम्रो नेपाली पार्टीबाट गङ्गा चौधरी सत्गौवा पनि चुनावी मैदानमा छन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिमा बुढामगर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लिली बुढाथोकी पनि चुनावमा होमिएकी छने। दाङ क्षेत्र नम्बर १ मा पाँच महिला प्रतिस्पर्धामा छन्। देउखुरी उपत्यकाका चार गाउँपालिका र घोराही उपमहानगरपालिकाको १, २, ३ र ५ वडा दाङ क्षेत्र न १ मा पर्दछ।

क्षेत्र नं १ ‘क’ मा ७० हजार दुई सय ६७ र (ख) मा ६४ हजार चार सय ६६ मतदाता छन्। क्षेत्र नं (क) मा २४ मतदानस्थल र ७८ मतदान केन्द्र कायम गरिएको छ। क्षेत्र नं १ (ख) मा २७ मतदानस्थल र ७४ मतदान केन्द्र रहेको क्षेत्र नं १ का निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए।

क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट पार्टीका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शङ्कर पोखरेल र सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री रेखा शर्मा प्रतिस्पर्धी छिन्। शर्माले आमाको नामबाट नागरिकता पाउनुपर्ने विषयलाई उठाइरहेकी छन्।

नेपाल आमा पार्टीकी गीता रावत पनि चुनावी प्रतिस्पर्धामा छन्। क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ दुई महिला प्रतिस्पर्धीमा छन्। क्षेत्र नं २ (क) मा ६३ हजार तीन सय २२ तथा (ख) मा ७० हजार चार सय २६ मतदाता छन्। क्षेत्र नं २ (क) मा २५ मतदानस्थल र ६८ मतदान केन्द्र तथा क्षेत्र नं २ (ख) मा २३ मतदानस्थल र ७८ मतदान केन्द्र तोकिएको छ।

क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेकी केन्द्रीय सदस्य कोमल वली र सत्तारुढ गठबन्धनबाट कांग्रेसक केन्द्रीय सदस्य दीपक गिरी चुनावी मैदानमा छन्। दाङका जनताको भावना, चाहना र आवश्यकताका आधारमा काम गर्ने प्रतिबद्धता वलीको छ। पूर्वसञ्चारकर्मी एवं गायिका वली २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र न ३ बाट समानुपातिक सांसद चुनिएकी थिइन्। क्षेत्र नं ३ मा प्रतिनिधिसभातचर्फ महिला उम्मेदवार वली मात्रै हुन्। क्षेत्र नं ३ (क) मा २१ मतदानस्थल र ७४ मतदान केन्द्र तथा क्षेत्र नं ३ (ख) मा ३३ मतदानस्थल र ९३ मतदान केन्द्र कायम भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए। चार लाख १९ हजार नौ सय सय २४ मतदाता छन्। एक सय ५३ मतदानस्थलमा चार सय ६५ मतदान केन्द्र तोकिएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ९ : ४९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित