प्रदेश सभा निर्वाचन : दिपक मनाङेलाई कांग्रेसको समर्थन « Khabarhub

प्रदेश सभा निर्वाचन : दिपक मनाङेलाई कांग्रेसको समर्थन


२४ भदौ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपाली कांग्रेस मनाङले आगामी ४ मंसिरमा हुने प्रदेश सभा निर्वाचनका लागि राजीव गुरुङ (दिपक मनाङे) लाई समर्थन गर्ने भएको छ।

प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको मनाङमा निर्वाचन क्षेत्र नम्बर (ख) मा स्वतन्त्र उम्मेदवारको रुपमा कांग्रेसले राजीव गुरुङलाई समर्थन गर्ने भएको हो। कांग्रेस जिल्ला कार्यसमिति मनाङको बिहीबार बसेको बैठकले गण्डकी प्रदेश सरकारका मन्त्रीसमेत रहेका गुरुङलाई समर्थन गर्ने निर्णय गरेको हो।

कांग्रेस नेतृत्वको सरकार बनाउन भूमिका खेलेका वर्तमान खेलकुदमन्त्री गुरुङलाई गठबन्धनको भावना र पार्टीको नीतिअनुसार सहयोग गर्ने निर्णय गरेको कांग्रेस मनाङले जनाएको छ।

कांग्रेसको भातृसंगठन नेपाल तरुण दलको पूर्वअध्यक्षसमेत रहेका गुरुङ केही वर्ष पहिले पार्टी परित्याग गरी स्वतन्त्र बनेका थिए। अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदारी दिएका गुरुङलाई तत्कालीन समयमा एमालेले साथ दिएको थियो। यद्यपि गण्डकी प्रदेश सरकारमा कांग्रेस नेतृत्वको सरकार निर्माण हुन गुरुङको विशेष भूमिका रहेको थियो।

प्रदेश निर्वाचन क्षेत्र (ख) सँगै कांग्रेस मनाङले प्रतिनिधि सभातर्फ पार्टी केन्द्रीय सदस्य एवं निवर्तमान जिल्ला सभापति टेकबहादुर गुरुङलाई सर्वसम्मत सिफारिस गरेको छ। कांग्रेस जिल्ला कार्यसमिति मनाङका सभापति शंकर गुरुङको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभाका लागि पूर्वमन्त्रीसमेत रहेका गुरुङलाई प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस गरेको हो।

जिल्ला कार्यसमिति बैठकले प्रदेश क्षेत्रीय कार्यसमितिबाट आएको सिफारिसअनुसार नेता गुरुङलाई सर्वसम्मत रुपमा सिफारिस गरेको पूर्वमन्त्री गुरुङका स्वकीय सचिव सोनाम लामाले जानकारी दिए। बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि च्यूङ गुरुङ (कर्मा)लाई सिफारिस गरेको छ।

त्यसैगरी प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्र (कं) मा भने प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरेको छ। सिफारिस हुनेहरुमा पार्टी महासमिति सदस्य साङदो लामा, जिल्ला उपसभापति चन्द्र घले, क्षेत्रीय सभापति छिरिङ घ्याल्पो लामा र प्रदेश अधिवेशन प्रतिनिधि मुनिन्द्रजङ गुरुङ रहेका छन्।

बैठकको निर्णयअनुसार प्रदेश सभा निर्वाचन क्षेत्र (क) का लागि भने समानुपातिकतर्फ जिल्ला सचिव महेन्द्र घले सर्वसम्मत सिफारिस भएका छन्। त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र (ख)का लागि समानुपातिकतर्फ कर्मा गुरुङ र गीता गुरुङलाई सिफारिस गरेको कांग्रेस मनाङले जनाएको छ।

प्रकाशित मिति : २४ भदौ २०७९, शुक्रबार  १० : ४० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित