अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज आन्दोलित « Khabarhub

अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज आन्दोलित


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङका नागरिक समाजका अगुवाहरूले गण्डकी प्रदेश सरकाले जिल्ला अस्पताल खारेज गर्ने भनी गरेको निर्णय अपरिपक्व र राजनीतिक अभिष्ट पूरा गर्न मात्र रहेको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

अगुवाहरूले मंगलबार बेंसीसहरको भीमसेनस्थान चोकमा पत्रकार सम्मेलन गर्दै गण्डकी प्रदेश सरकारले गरेको निर्णयलाई आफूहरूले स्वास्थ्य सेवाको हत्याराको रूपमा लिएको बताएका छन् । उनीहरूले आइतबार मात्रै जिल्ला प्रशासन कार्यालयमार्फत प्रदेश सरकारमा ज्ञापन पत्र पठाउँदै अस्पताल बचाउ अभियानको थालनी गरेका थिए ।

स्वास्थ्य र शिक्षा नागरिकको आधारभूत आवश्यकता रहे पनि आदर्शको गफ छाँटेर देश विकास नहुने विज्ञप्तिमा उल्लेख छ । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रले अहिलेसम्म आशालाग्दो विकास गर्न नसकेको र केवल गफाडी र भ्रष्टाचारीको अड्डाको रूपमा परिणत गरेको उल्लेख छ ।

राजनीतिक स्वार्थकै लागि अस्पतालको हत्या गर्न खोजेको सरकारले अस्पतालमाथि लगाएका आरोप सबै मिथ्या रहेको र केवल खारेजीका लागि कानुनी प्रक्रियाको पूरा गर्न खोजेको आरोप मात्र रहेको नागरिक समाजका अगुवा खेमजङ गुरुङले बताए ।

मानव विकास तथा सामुदायिक सेवा एचडीसीएस र गण्डकी प्रदेश सरकारबीच भएको सम्झौता अवधि बाँकी रहेकै अवस्थामा गण्डकी प्रदेश सरकारले सम्झौता भंग गर्ने निर्णय गरेपछि नागरिक समाजले असन्तुष्टि जनाउँदै आन्दोलन गरेका हुन् ।

६ बुँदे मागसहित उनीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले एचडीसीएसले दिएको सेवा सुविधामा घटुवा नहुने गरी व्यवस्थित रूपले सरकारले चलाउँछु भन्ने नीतिगत आधारसहितका लिखित प्रतिबद्धता दिनुपर्ने, नेपाल सरकारसँगै सम्झौता गरी सरकारले व्यवस्थापन गरेको अस्पताललाई स्वास्थ्य क्षेत्रमा आधारभूत आवश्यकता पूरा गर्नेमा राम्रो काम गरेको छैन भन्न नमिल्ने, लमजुङे नागरिक समाजको माझमा उपस्थित भई प्रदेश सरकारका स्वास्थ्य मन्त्री मधुमाया अधिकारी गुरुङले बहस गरी सहमति लिनुपर्ने, सरकारका स्वास्थ्य र शिक्षा क्षेत्र नेपाली जनताले पत्याउनै छाडेका मूल कारण सरकार हो कि नेपाली जनता हो जवाफ दिन तयार हुनुपर्ने माग छ ।

१ भदौदेखि मनोनीत भएका गोप्य नियुक्ति र मन्त्रीको ७ भदौमा हुने डाइलासिस केन्द्र उद्घाटन कार्यक्रम पनि स्थगित गर्न अनुरोध गर्दै नभएमा कडा प्रतिवाद गर्ने घोषणा गर्दै नागरिक समाजले अस्पताल बचाउ आन्दोलन घोषणा गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ५ : ०२ बजे

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय