लमजुङका अधिकांश ग्रामीण सडक वर्षाले अवरुद्ध « Khabarhub

लमजुङका अधिकांश ग्रामीण सडक वर्षाले अवरुद्ध


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएका लमजुङका अधिकांश ग्रामीण सडक वर्षाले अवरुद्ध भएका छन् । केही दिनयताको वर्षा र त्यसपछि आएको खहरेले यहाँका सडक नै बगाएपछि यातायातका साधन चल्न छाडेका हुन् ।

सडक अवरुद्ध भएसँगै सदरमुकाम र गाउँबिचको सम्पर्क टुटेको छ भने यस्ता सडकमा सवारीसाधन नचलाउन यातायात व्यवसायीले सूचना जारी गरेका छन् । व्यवसायीहरूले ग्राभेल गरेका सडकमा मात्रै यातायातका साधन सञ्चालन गर्न निर्देशन दिएका छन् ।

सदरमुकाम बेँसीसरहबाट पूर्वी क्षेत्रको तार्कुघाट, पश्चिम लमजुङको दुराडाँडा, कोइरालाफाँट, उत्तरी लमजुङको खुदी, भुलभुलेसम्म यातायात सेवा सञ्चालनमा रहे पनि अन्य सडकमा यातायात सेवा ठप्प जस्तै भएको लमजुङ कालीका यातायातका काउन्टर प्रमुख खुसीराम बरालले बताए । उनले भने, ‘केही ग्रामीण क्षेत्रमा सञ्चालन भएका सवारीसाधन पनि सडक भत्किएका कारण गन्तव्य पुग्न कठिन छ ।’ यातायात समितिले कुनै पनि अप्रिय घटना हुन नदिन र सडकको अवस्थालाई ध्यान दिँदै फलेनी, ढोडेनी, पाचोक, नौथर, भलायखर्क, भोर्लेटार, गिलुङ, सालमेभञ्ज्याङ, भोजे, जिता, घेर्मु, स्यांगे, च्याम्चे, गाँउसहर, जगतलगायत  स्थानहरूमा यातायात सेवा बन्द गरेको लमजुङ कालिका यातायातका काउन्टर प्रमुख बरालले बताए ।

१४ सयमध्ये दुई सय किलोमिटर मात्रै सञ्चालनमा
पूर्वाधार विकास कार्यालयका प्रमुख सुमन गिरीले जिल्लाभर कुल १४ सय किलोमिटर ग्रामीण सडक निर्माण भए पनि मुस्किलले दुई सय किलोमिटर सडकमा मात्र गाडी चल्ने गरेको बताए। ‘स्थानीयले सडकको अपनत्व नलिएसम्म ग्रामीण भेगका सडकको हालत उस्तै हुन्छ,’ उनले भने, ‘सबै ठाउँमा सरकारको मुख ताक्ने प्रचलनले बर्सेनि जनताले सडक सास्ती खेप्नुपरेको छ ।’ उनका अनुसार जिल्लामा ३० किलोमिटर सडक मात्र कालोपत्रे छ बाँकी दुई सय २० किलोमिटर ग्राभेल गरिएको छ ।

करोडौँको लगानी बालुवामा पानी
हरेक वर्ष बेँसीसहर जोड्ने विभिन्न सडकको अवस्था नाजुक हुने गर्छ । गाउँपालिका र नगरपालिकाले सडक निर्माण र मर्मतका लागि करोडौँ बजेट विनियोजन गर्दै आए पनि सडक निर्माणपछि समयमा अनुगमन तथा निरीक्षण नहुँदा विकासे बजेट बालुवामा पानी खन्याए जस्तै भएको छ । ‘करोडौँ बजेट खन्याएर सडक बनाइन्छ तर सडक निर्माणसँगै नाला नकाट्दा बगाउने गर्छ ।’ कांग्रेस जिल्ला सभापति डा. टकराज गुरुङले भने, ‘स्थानीय तहले सडक निर्माण गर्ने ठेकेदारलाई सडक र नाला सँगसँगै निर्माण गर्न लगाउनुपर्छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १० : २१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित