निर्वाचन प्रचारप्रसारमा विकासको चर्चा « Khabarhub

निर्वाचन प्रचारप्रसारमा विकासको चर्चा


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले म्याग्दीको पश्चिमी क्षेत्र हुँदै ढोरपाटनलाई जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउन सकिने बताएका छन् ।

ढोरपाटन जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने र धौलागिरि चक्रीय पदमार्गलाई व्यवस्थित गरेर पर्यटकलाई आकर्षित गर्न सक्ने हो भने म्याग्दीको विकासका लागि कोसेढुङ्गा साबित हुने उनको भनाइ छ । नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवारसमेत रहेका डा श्रेष्ठले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसार अभियानका क्रममा मध्य पहाडीको बागलुङभन्दा म्याग्दी भएर ढोरपाटन जोड्ने सडक ६० किलोमिटर छोटो हुने भएकाले वैकल्पिक बनाउन सकिने बताएका छन् । 

प्रचारप्रसार अभियान वाम लोकतान्त्रिक पक्षका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार खमबहादुर गर्बुजाले ताकमकोत, धौलागिरि चक्रीय पदमार्ग र गुर्जा हिमालको पर्यटन विकासका लागि पूर्वाधार निर्माणका साथै प्रचारप्रसार र व्यवस्थापनमा प्राथमिकता दिने बताए ।

पर्यटनको विकास गरेर सहर र विदेशमा गएकालाई गाउँ फर्काउने तथा आयआर्जनको अवसर सिर्जना गराउन सकिने बताए ।  प्रदेशसभा ९२० मा गठबन्धनका उम्मेदवार रेशमबहादुर जुग्जालीले धवलागिरि गाउँपालिकालाई जलविद्युत् र जडीबुटीको माध्यमबाट समृद्ध गराउने योजना सुनाए। यसैगरी नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले म्याग्दीको समग्र विकासका लागि जलविद्युत्, पर्यटन र सडक आफ्नो प्राथमिकताका ‘एजेन्डा’हरु रहेका बताउँदै बेनी–जोमसोम-उपल्लो मुस्ताङसम्मको सडक स्तरोन्नति गरी कालोपत्र गर्नाका साथै कोरलानाका खुलाएर दुई देशीय व्यापार प्रवर्द्धन गर्न सक्ने हो भने मात्र जिल्लाको समृद्धिको सपना पूरा हुने बताए ।

एमाले म्याग्दीका अध्यक्ष एवं प्रदेशसभा (१) का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले आफू यसअघि जनप्रतिनिधिको भूमिकामा रहेर जिल्लाको समग्र विकासमा पहल गरेको बताए । यसैगरी मङ्गला गाउँपालिका-२, बाबियाचौरमा प्रदेशसभा ९२० का उम्मेदवार यामबहादुर गर्बुजाले देशमा भौतिक पूर्वाधारको विकास तथा निर्माण गरी देशलाई अग्रगमनको गतिमा अगाडि बढाउनु आवश्यक रहेको बताए ।

म्याग्दीमा प्रतिनिधि र प्रदेशसभाका तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीनजना स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (१) र (२) मा पाँच/पाँचजना उम्मेदवार छन् । विसं २०५६ मा कांग्रेस, २०६४ मा माओवादी, २०७० र २०७४ मा एमालेले म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका छन् । प्रजातन्त्र पुनस्थापनापछि २०५६ अघिको संसदीय चुनाव पनि एमालेले जितेको थियो । २०७४ मा एकवटा प्रदेशसभा माओवादी र एकवटा एमालेले जितेका थिए । 

गत स्थानीयतह निर्वाचनमा एमालेले चारवटा पालिकाप्रमुख, तीनउपप्रमुख, २२ वडा, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा, माओवादीले दुई उपप्रमुख र ६ वटा वडा जितेका थिए । स्थानीय चुनावमा एमालेका वडाध्यक्षका उम्मेदवारले २३ हजार ९०, कांग्रेसले १९ हजार आठ सय ७० र माओवादीले आठ हजार पाँच सय ९२ मत ल्याएका थिए ।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा प्रदेशसभा क्षेत्र (१)मा ४८ हजार चार सय ७२, प्रदेशसभा क्षेत्र (२) मा ३७ हजार ६ सय ४८ गरी ८६ हजार एक सय २० जना मतदाता छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : १३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित