जब सेन्टरको नाममा ठगी गर्ने गिरोह पक्राउ « Khabarhub

जब सेन्टरको नाममा ठगी गर्ने गिरोह पक्राउ


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यकाको विभिन्न स्थानमा जब सेन्टरहरू स्थापना गरी विभिन्न काममा जागिर लगाइदिने बहानामा ठगीमा गर्ने गिरोह प्रहरीले पक्राउ गरेको छ । 

अपराध महाशाखाको विशेष प्रहरी टोलीले काठमाण्डौको कोटेश्वर, नयाँबानेश्वर, चावहिल, बालाजु लगायतका स्थानबाट ठगीमा सक्रिय व्यक्तिहरू पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र बालाजुमा पठाएको अपराध महाशाखाले जानकारी दियो ।

पक्राउ पर्नेमा अर्घाखाँचीका अमर पाण्डे, तिलकराम पाण्डे, लमजुङका आनन्द मरहठ्ठा सिराहाका विवेक यादव, अश्विन राई, घनश्याम पहाडी, सृजना लामिछाने, ज्ञानु न्यौपाने,रामवचन कुमार लगायतका व्यक्तिहरू पक्राउ परेका छन् ।

प्रहरीको अनुसन्धानबाट प्रहरीले जब सेन्टरहरुले  विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनीहरू दर्ता गर्ने र उक्त कम्पनीहरूले सामाजिक सञ्जाल,पत्रपत्रिका ,प्रचार पम्पलेटका माध्यमबाट घरमै बसी जागिर मिल्छ भन्ने  प्रचारप्रसार गर्ने तथा जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरूलाई फारम भर्ने बहानामा रु ३०० देखी रु ५०० सम्म फारम चार्ज तथा १०००।– देखि ६०००।– सम्म जब ग्यारेन्टी शुल्क लिने गरेको पाइएको छ ।

फारम भर्ने व्यक्तिहरूलाई विज्ञापनमा उल्लेखित शर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाई हाले पनि तोकिए बमोजिम तलब र सुविधा नदिई केहि  समयमा उक्त जागिर छोड्न बाध्य बनाउने गरेको थियो ।

कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईंको जागिर पक्का भइसकेको छ भनी एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाई त्यहाँ समेत फारम शुल्क असुल्ने गरेको पाइएको प्रहरीको अनुसन्धानमा देखाएको प्रहरीले जानकारी दियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : ३० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित