ओमिक्रोन पुष्टि भएपछि गण्डकी प्रदेशमा कडाइ, महोत्सव नगर्न निर्देशन « Khabarhub

ओमिक्रोन पुष्टि भएपछि गण्डकी प्रदेशमा कडाइ, महोत्सव नगर्न निर्देशन


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपालमा नयाँ भेरियण्टको कोरोना (ओमिक्रोन) पुष्टि भएपछि गण्डकी त्रासमा छ । प्रदेश सरकारले संक्रमण फैलिन नदिन सदरमुकाम कास्कीसहितका जिल्लामा कडाइ गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशको सीमानाकामा चेकजाँच गर्ने बताएको छ ।

संघको स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी गर्न भनेपछि प्रदेशले नियन्त्रणका लागि तत्काल आवश्यक तयारी गरेको हो । शुक्रबार मन्त्री मधु अधिकारीसहितको बैठकले ओमिक्रोन नियन्त्रणका लागि प्रदेशका नाकाहरूमा जाँचलाई तीव्रता दिने, प्रदेशका स्वास्थ्य संरचनालाई आवश्यक अन्य तयारी गरी उपकरण, स्वास्थ्य सामाग्री, जनशक्ति व्यवस्थापन, अक्सिजन सिलिण्डर तथा अन्य तयारी यथाशीघ्र व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

अधिकारीले सबैखाले महोत्सव बन्द गर्न सम्बन्धित निकायलाई जानकारी दिन सचिव मार्फत निर्देशन दिइन् । ‘मानिसको स्वास्थ्य भन्दा ठूलो अरू कुरा होइन । अहिले मेला महोत्सव तुरुन्त रोक्नु,’ उनले भनिन्, ‘आवश्यक परे स्मार्ट लकडाउन सम्म गर्नुपर्ने हुन सक्छ ।’

मन्त्रालयले यसअघि सञ्चालन गरेको हेलो डाक्टर, कोरोना अपडेट लगायत काम सुरु गर्न लगाएको छ । मन्त्रालयको ग्राफ अनुसार गण्डकी प्रदेशको कास्की, म्याग्दी, लमजुङ, नवलपुर लगायतका जिल्ला स्मार्ट लकडाउनको अवस्थामा पुगेका छन् । भारतसँग सीमा जोडिएका नाकाहरूमा सरकारले १र१ हजार बेडको आइसोलेसन निर्माण गरेको छ । पछिल्लो २४ घण्टामा यहाँ १६ जना नयाँ संक्रमित देखिएका छन् ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ७ : ३० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित