मधेशी र पहाडेको साझा बन्यो दशैँ, दशहारा « Khabarhub

मधेशी र पहाडेको साझा बन्यो दशैँ, दशहारा


२० आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – “आयल लखपाँचे, लागल सब पावनि नाचे ।”

मधेशमा चाडपर्वको लहर नै हुन्छ । त्यसैले मधेशमा यो गीत अत्यन्त चर्चित छ । यतिवेला दशैको रौनक छ । मधेशमा भनिने गरिएको दशहारा र पहाडमा भनिने गरेको दशैको हुन त सम्मान विशेषता हो । तर मनाउने तौरतरिकाले मधेशमा अझ रमाइलो हुन्छ ।

पछिल्लो समय पहाडे र तराइ समुदायको बाक्लै अन्तरघुलनले मनाउने तरिकाहरुमा समेत साझापन देखिन थालेको छ । परिणामस्वरूप यसपालीको दसैँमा पहाडे संस्कारअनुसार नै तराइका कयौँ समुदायले मनाए ।

अझ पहाडे र मधेशी समुदायविच बढ्दै गएको वैवाहिक समबन्धले पर्वहरुको साटासाट हुँदै गएको जस्तो देखिन्छ । मधेशमा धुमधामका साथ मनाइने छठ पर्वमा पहाडे समुदायमा देखिएको आकर्षण र दसैँमा मधेशमा देखिएको आकर्षण नै यस्को ज्वलन्त उदाहरण हो ।

“गाई के गोबरा मंगववले बानी, आँगनमा लिपवले बानी हो, उजरे उजरे पलङ दसववले बानी, आँगनमा रउवा आवे के परी।।। ।”

घटनास्थपना सुरु भएसँगै भोजपुरी महिलाले गाउने यो गीतले निक्कै आनन्द तुल्याउँथ्यो । दसैँ र दशहाराका आफ्नै धार्मिक जनबिस्वासले पहाडे र मधेशीको पर्व उहीँ भए पनि मनाइने तरिका फरक थियो । तर आजकाल पहाडेहरूले यी गीतहरुमा आनन्द लिन्छ्न र राम्रा पक्षको ग्रहण गर्दै आएका छन् । जस्ले भाइचारा, समबन्धमा यस्ता पर्वहरु फरक समुदायको लागी समेत महत्वपूर्ण कोशेढुङगा सावित बन्दै गएका छन् ।

“तोरी जगमग जोति जगै काली, केहो चढावे धजा नारियल, केहो चढावे रुपैयाँ डाली।।। ।” मधेशी समुदायमा घन्कने यस्ता चर्चित गीतहरुले दसैँ वा दशहारा एउटै हो भन्ने प्रमाणित गरेको छ । दुष्टहरूलाई परास्त गर्न कालीमाताले देखाएको साहसलाई आजका महिलाहरुका लागी  अदम्य साहस, उर्जा र प्रेरणालाई जीवित राखेको छ ।

विजयादशमीको दिन बहुसंख्यक मधेशीहरुले पनि जमरा र टीका पहाडेको जस्तैगरी लगाए । मान्यजनबाट टीका थाप्दा आसिर्वाद लाग्ने धार्मिक विश्वासले पनि मधेशी समुदायले हजुरबुबा, वुवा वा काका जस्ता मान्यजनबाट टीका थापेको देखियो ।

आफूहरूले वर्षौँदेखि दसैँ मान्दै आएको बताउँदै पत्रकार अजय साह जमारा र टीका लगाएर रमाइलो गरी मनाएको बताउँछन् । उनी टीका लगाउन ससुराली पनि गए कारण थियो। उनको श्रीमती पहाडे समुदायकी हुन् ।

त्यसो त श्रीमती पहाडे भएर मात्र हैन मधेशका आदिवासी समेत दसैँमा जमरा, टीका लगाउने चलनप्रति निक्कै आकर्षक भएको पाइएको छ ।
-न्युजकारखानाबाट

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ११ : ४८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित