के विपन्न मतदाता भोट बैंक मात्र हुन् ?  « Khabarhub

के विपन्न मतदाता भोट बैंक मात्र हुन् ? 


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – जाजरकोट बारेकोट गाउँपालिका–२ रोकाय गाउँका ५२ वर्षीय वीरे कामीलाई भेट्न अचेल दिनहुँ कुनै न कुनै दलका नेता–कार्यकर्ता आइरहन्छन्।

सानै उमेरदेखि शारीरिक अपांगता भोगिरेहका उनलाई यसअघिका चुनावमा पनि उम्मेदवारहरूले विभिन्न आश्वासन दिए। ‘चुनावमा त रोजगारीदेखि परिवारको खर्चसम्म दिन्छु भन्छन्,’ उनले भने, ‘तर जितेर गएपछि बैसाखी पनि दिन सकेनन्।’

भेरी नगरपालिका –११ कटीगाउँका १५७ घर परिवार ऋणमा डुबेका छन् । ऋण तिर्नका लागि स्थानीय भारत सहित अन्य मुलुकमा गइरहेका छन्। धेरै परिवार विस्थापित समेत भइसकेका छन्। निर्वाचनको बेला पुग्ने सबै उम्मेदवारले ऋण तिरिदिने बाचा गरे पनि जितेर गएपछि फर्केर नआउने गरेको स्थानीय नरबहादुर वरले बताए।

‘हामी त भोट बैंक मात्र भयौँ,’ उनले भनिन्, ‘मत माग्नका लागि झूटो आश्वासन दिन्छन्, जितेपछि फर्केर पनि हेर्दैनन् ।’ यसपटक ऋण तिर्ने गरी आयआर्जनमा जोड्ने लिखित प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र भोट दिने उनको भनाइ छ ।

उनले दलहरूले वर्षौँदेखि सपना मात्र बाँडिरहेको बताइन् । उनका अनुसार गाउँमा मजदुरी नपाउँदा गाउँका अधिकांश युवा कमाइ गर्न भारत गएका छन्। पुर्ख्यौली पेसा पनि सङ्कटमा परेपछि जीविकोपार्जनमा समस्या भएको उनले बताए। गत निर्वाचनमा जनप्रतिनिधिले मतदातालाई गरेका बाचा पूरा नगरेकाले अहिलेका उम्मेदवारप्रति आफूहरूको भरोसा नभएको उनको भनाइ छ।

झन्डै तीन\चार वर्षदेखि गाउँका अधिकांश मानिस ऋणमा डुबेर गाउँ छोड्न बाध्य छन्। हरेक चुनावमा दलित समुदायको मत निर्णायक मान्ने दलहरूले दलित समुदायको समस्या वर्षौँदेखि बेवास्ता गरिरहेको उनको गुनासो छ। उनले गरिब र निमुखालाई भोटका लागि मात्र प्रयोग गरिएकामा आपत्ति जनाइन्।

यसअघिको निर्वाचनमा गरेका वाचा जनप्रतिनिधिले पूरा नगरेकाले यो निर्वाचनमा केही सोच्नुपर्ने कुशे गाउँपालिका–४ का दत्तबहादुर नेपालीले बताए। ‘अहिले त उम्मेदवारले लिखित सहमति गरेपछि मात्र भोट दिने निर्णय गरेका छौँ,’ उनले भने, ‘नेताहरूले जितेपछि महल ठड्याउँछन्, हामी भने मजदुरीका लागि बर्सेनि भारत जानुपर्छ।’

उनका अनुसार जिल्लाभरका २ हजार भन्दा बढी परिवार जिल्लाबाहिर छन्। अघिल्लो निर्वाचनमा उम्मेदवारहरूले ल्याएका एजेण्डा फेरि दोहरिएको नलगाड नगरपालिका–३ का गंगराम नेपालीले बताए। ‘यो पल्ट पनि हाम्रा लागि फकाउने एजेण्डा मात्र छन्,’ उनले भने, ‘अब त पार्टी हेरेरभन्दा पनि व्यक्ति हेरेर मतदान गर्नुपर्ने अवस्था छ। अघिल्लो चुनावले हामीलाई धेरै पाठ सिकाएको छ।’
-न्युज कारखानाबाट

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ९ : ४५ बजे

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको