लस एन्जल्समा ‘डक्टर स्ट्रेन्ज-२’ को वर्ल्ड प्रिमियर « Khabarhub

लस एन्जल्समा ‘डक्टर स्ट्रेन्ज-२’ को वर्ल्ड प्रिमियर


२२ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेनेडिक्ट कुम्बरब्याच अभिनीत सुपरहिरो फिल्म  ‘डक्टर स्ट्रेन्ज–इन द मल्टिभर्स अफ म्याडनेस’ चर्चामा छ । 

No description available.

मार्भलको पछिल्लो फिल्म  ‘स्पाइडर म्यान : नो वे होम’ मा नै फिल्मको कथाको बारेमा दिइएको हिन्टले फिल्मलाई प्रतीक्षित बनाइरहेको छ । यसै फिल्मको वर्ल्ड प्रिमियर गत मंगलबार अमेरिकी सहर लस एन्जलसमा सम्पन्न भएको छ ।

No description available.

प्रिमियरको तस्बिहरूलाई यसका मुख्य पात्रहरूले सामाजिक सञ्जालमा पोस्ट्याएका छन् । ट्रेलर झैँ फिल्म हेर्नेले यसलाई हरर शैलीको फिल्म समेत भनेका छन् । 

No description available.

सामुएल मार्शल राइमी निर्देशित ‘डक्टर स्ट्रेन्ज-इन द मल्टिभर्स अफ म्याडनेस’ बेनेडिक्ट कुम्बरब्याचसँगै चिवेटोल इजोफोर, बेनेडिक्ट वङ लगायतको मुख्य भूमिका छ । मार्भल स्टुडियोद्वारा आयोजित प्रिमियरमा कलाकारहरू बेनेडिक्ट कम्बरब्याच, एलिजाबेथ ओल्सेनसहित उपस्थित रहे । फिल्ममा अभिनेता बेनेडिक्टले स्टेफन स्ट्रेन्ज पात्रको भूमिका निर्वाह गरेका छन् । मल्टिभर्स काल्पनिक संसारमा प्रवेश गरेपछि डक्टर स्ट्रेन्जले खेप्नुपर्ने चुनौती दोस्रो श्रृंखलाको कथावस्तु हो । 

No description available.

यसका लागि मर्भालले वेब सिरिज ‘वान्डा भिजन’ र फिल्म ‘स्पाइडर म्यान : नो वे होम मै मल्टिभर्सको संसारलाई चिनाएको थियो । त्यहीँ छिटपुट कथालाई फिल्ममा निरन्तरता दिइएको छ । मार्भल सिनेम्याटिक युनिभर्सका सदस्यहरू आइरन म्यान, क्याप्टेन अमेरिका, ब्ल्याक विडो नरहेपछि पुराना सदस्यहरूलाई दर्शकको अपार माया प्राप्त भइरहेको छ । 

No description available.

यसको पछिल्लो उदाहरण स्पाइडर म्यानले पाएको दर्शकको साथ पनि हो । पछिल्लो समय मार्भलले ‘मुन नाइट’ लाई समेत सिरिजबाट दर्शक समक्ष ल्याएको छ । यो मार्भलको पछिल्लो सुपर हिरो हो । 

No description available.

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  १२ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित