प्रदेशसभा उम्मेदवार चौधरी घरदैलोमा व्यस्त « Khabarhub

प्रदेशसभा उम्मेदवार चौधरी घरदैलोमा व्यस्त


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– एमालेबाट बारा १ (क) का प्रदेशसभाका उम्मेदवार त्रिलोकीप्रसाद चौधरी मतदाताको घरदैलोमा पुगेर राय सुझाव लिएका छन् । घरदैलोका क्रममा चौधरीसँग कोल्हवी र बारागढीका मतदाताले सडक, पिउने पानी र सिँचाइको राम्रो व्यवस्था गर्न माग गरे ।

बुधवार निजगढ नगरपालिकाका विभिन्न वडामा पुगेका चौधरीलाई मतदाताले सिंगौल-फापरवारी, निजगढ-धियाल र निजगढ-अमलेखगंज सडक निमार्ण भए निकै सहज र छिटो हुने भन्दै उम्मेदवारको ध्यानाकर्षण गराएका थिए । उनले यातायातका निम्ति सिंगौल-फापरबारी, निजगढ-धियाल, रतनपुरी-अमलेखगंज, कोल्हवी-कलैया, कोल्हवी-सिमरालगायतका सडक निर्माणका निम्ति केन्द्रीय र प्रदेश सरकारको सहयोगमा पाँच वर्षभित्र सम्पन्न गरिने बताए । 

उनले कोल्हवी, बारागढी र निजगढलाई केरा, धान र मकै खेतीको हवको रूपमा विकास गरिने बताए । निजगढ नगरपालिकाको सिंगौल, रतनपुर, कोल्हवी र बारागढीमा पिउने पानी र सिँचाइको व्यवस्था गर्ने यस क्षेत्रका नदीबाट नहर निर्माण तथा नदी नभएका ठाउँमा भूमिगत सिँचाइलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

यस्तै व्यावसायिक कृषिको रूपमा पशुपालन, बाख्रा, कुखुरा पालन, सामुदायिक तरकारी खेती, केरा खेती तथा अर्गानिक तरकारी उत्पादन, दूध प्रशोधन केन्द्र, कृषि उत्पादनको प्रशोधन  उद्योग तथा यहाँका उत्पादनबाट चल्ने कृषि  उद्योग सञ्चालनमा प्रशासनिक, पुँजी लगानी कार्य, प्रशासनिक कार्यालय तथा वित्तीय संस्थाबाट सहज लगानीको वातावरण तयार गरी पाँच वर्षभित्र कम्तीमा यस क्षेत्रका १५ सय युवालाई रोजगारी दिने गरी काम गर्ने उनले बताए । 

यस्तै शिक्षामा सबै सामुदायिक सरकारी विद्यालयलाई सवलीकरण गरी सबै जनतामा शिक्षाको पहुँच पुर्‍याउनुका साथै प्राविधिक शिक्षा व्यवस्थापन गरी सिपसहितको जनशक्तिको उत्पादनमा प्रोत्सान दिने उनको भनाइ थियो । उनले निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, बारागढी गाउँपालीकाभित्र रहेका अस्पताललाई आवश्यकताअनुसारको दरबन्दी पदपूर्ति गरी व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन पहल र आवश्यक बजेट निकास गरिने आश्वासन दिए । 

उम्मेदवार चौधरीजीले एमाले सरकारले तराई मधेसमा हुलाकी राजमार्ग र सदरमुकाम जोड्ने सडकका लागि ठूलो बजेट छुट्टाएकाले मधेसको विकास हुन थालेको र एमाले सरकारले अघि बढाएका विकास निर्माणका अधुरा योजना पूरा गर्न फेरि एमालेले जित्नुपर्ने दाबी गरे ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  २ : २२ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका