न योजना न स्रोत पहिचान, घोषणा पत्रको ‘लैबरी गाउँदै’ जलेश्वरका दल  « Khabarhub

न योजना न स्रोत पहिचान, घोषणा पत्रको ‘लैबरी गाउँदै’ जलेश्वरका दल 


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- जलेश्वर नगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसले एकसाथ मंगलबार घोषणापत्र जारी गरे । तामझामसाथ घोषणापत्र सार्वजनिक गरे पनि नयाँ कार्यक्रम र योजना भने केही छैनन् । 

सर्वसाधारणको हातहातमा वितरण गरेको दलहरूको घोषणा पत्रमा  जलेश्वरलाई समृद्ध बनाउने एउटै योजना नभएको टिप्पणी सुरु भएको छ । घोषणा पत्रमा सिर्फ भोट तान्ने क्षणिक आश्वासन मात्रै रहेको सर्वसाधारणको भनाइ छ । 

नेपाली कांग्रेसले घोषणा पत्रमा भ्रष्टाचारमा शून्य सहनशीलता, कर न्यूनिकरण, भत्ता वितरणमा सहजिकरण, शिक्षा, स्वास्थ्यमा गुणस्तरीय परिवर्तन जस्ता विषयमा उल्लेख गरेको छ । तर यी घोषणालाई कसरी पूरा गर्ने भनेर कहीँ कतै उल्लेख नहुँदा सर्वसाधारणले उम्मेदवारको क्षमता र कांग्रेसको नीतिप्रति नै प्रश्न गरेका छन् । 

आफ्नै रेडियो स्थापना गरी सूचना सम्प्रेषण गर्ने मुद्दाले त प्रेस स्वतन्त्रतामाथि नै हस्तक्षेप गर्न खोजेको हो की भनेर सञ्चारकर्मीहरू समेत सशंकित भएका छन् ।

सरकारी स्वामित्वमा मिडिया हुँदा समेत प्रेस स्वतन्त्रतामा हस्तक्षेप हुने चर्चा भइरहेको बेला एउटा अमुक दलको मिडिया सञ्चालन गर्ने घोषणाले शंका उब्जाएको उनीहरूको भनाइ छ । 

जलेश्वरमा बसपार्क निर्माण, आधुनिक कारागार, पार्कहरूको व्यवस्थापन, मन्दिरहरूको सौन्दर्यकरण, बाढीमुक्त नगर बनाउने जस्ता घोषणापत्रमा उल्लेख भए पनि नगरपालिकाको आन्तरिक स्रोत के कसरी परिचालन गर्ने भन्ने विषयमा घोषणापत्रमा स्पष्ट उल्लेख छैन ।

बालविकास केन्द्रका शिक्षकहरूलाई मासिक १५ हजार उपलब्ध गराउने, कम्प्युटर तथा प्राविधिक शिक्षामा लगानी गर्ने, सामुदायिक बिजुली मिटरको बिल नगरपालिकाले तिर्ने, किसानलाई अनुदान दिनेजस्ता खर्च देखिए पनि आन्तरिक स्रोतको विषयमा उल्लेख नगर्नुले कार्यान्वयनमाथि नै शंका गर्ने प्रसस्त आधार छन् । जलेश्वर नगरपालिकाको नगरप्रमुखमा सम्भुनारायण पाठक चुनावी मैदानमा छन् ।

माओवादी केन्द्रको घोषणापत्र पनि कांग्रेस जस्तै छ ।  अझ माओवादी केन्द्रले त घोषणापत्रमा ३० देखि ४० प्रतिशतसम्म भ्रष्टाचार भएको उल्लेख गर्दै त्यसलाई निराकरण नै दाबी गरेको छ ।

समुदायलाई पढाइप्रति आकर्षित गर्न सामुदायिक विद्यालयमा ए ग्रेड ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार दिने घोषणा गरिएको छ । सामुदायिक विद्यालयहरूको गुणस्तरमा लागि पर्नुको सट्टा एकैपल्ट पुरस्कार घोषणा गर्नुलाई सर्वसाधारणले हास उठ्दो भएको बताएका छन् ।

स्वास्थ्य क्षेत्रमा पनि माओवादी केन्द्रले लोकप्रिय योजनाहरू सार्वजनिक गरेको छ । वृद्धवृद्धा, बालबालिकाको निःशुल्क उपचारदेखि स्वास्थ्यकर्मीलाई साइकल व्यवस्थापन गर्ने घोषणा गरिएको छ । तर, कांग्रेसकै जस्तो माओवादीमा पनि आन्तरिक स्रोत वृद्धि गर्ने विषयमा कुनै योजना छैन । 

कृषिमा आधुनिकीकरण, सिंचाइमा विधुतीकरण जस्ता विषय प्रत्येक निर्वाचनमा दोहोरिन्छन् ।

मंगलबार नै वर्दिबास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका प्रल्हाद क्षेत्रीले घोषणापत्र सार्वजनिक गरेका छन् । उनको घोषणा पत्रमा पनि माध्यामिक तहसम्मको शिक्षा निःशुल्क गरिने उल्लेख छ । घोषणा पत्रको १ नम्बर बुँदामा रहेको यो विषयले स्वतन्त्र उम्मेदवार कतिको अध्यनसील छन् भन्ने स्पष्ट देखाउँछ । सरकारले अहिलेनै माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरिसकेको छ । 

नगरलाई धुवाँ, धुलोबाट मुक्त गर्ने, विधुतीय बसको अवधारणा समेत अघि सारिएको छ । नगरलाई हराभरा बनाउन भूमिका खेलिने घोषणा पत्रमा उल्लेख छ । 

थुप्रै योजना अगाडि सारे पनि घोषणापत्रमा आन्तरिक स्रोत व्यवस्थापनको खासै ख्याल गरिएको छैन । 

 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ८ : २७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित