यात्रुलाई बसपार्कमा सास्ती « Khabarhub

यात्रुलाई बसपार्कमा सास्ती


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट पहाडी र हिमाली जिल्लामा जाने यात्रुले हैरानी खेप्नुपरेको छ । सुर्खेत बसपार्कको  काउन्टरमा कार्यरत कर्मचारी र सवारीसाधनका चालकको मनोमानीले यात्रुको बिचल्ली भइरहेको छ ।

दसैँ मनाउन वीरेन्द्रनगरबाट बाहिरिने यात्रुमाथि काउन्टरवाला र चालकले धम्कीपूर्ण व्यवहार गर्ने गरेका छन् । सुर्खेत बसपार्कमा उनीहरूले एउटै सिटको दुईदेखि तीन पटकसम्म टिकट काट्नेदेखि सिट क्षमताभन्दा बढी यात्रु गाडीमा कोच्दै पठाउने गरेका छन् । 

यातायातलाई व्यवस्थित गर्न खटिएका ट्राफिक प्रहरी र नेपाल प्रहरीले पनि त्यसप्रति वेवास्ता गर्ने गरेको पाइएको छ । टिकटमा तोकिएको समयमा सवारीसाधन नछुट्दा खाना, पानी पनि खान नपाइएको गुनासो यात्रुहरूले गरेका छन् । जुम्लाका दिलबहादुर बूढा आज बिहानै गाडी छुट्ने भनेर बसपार्क आए तर समयमै गाडी नछुट्दा समस्यामा परे । उनले गाडी छुट्ने डरले अहिलेसम्म  खाना खान पाउनुभएको छैन । छोरालाई लिएर दसैँ मनाउन गाउँ फर्कन थालेका यनी टिकट आइतबार नै लिएका हुन् ।

‘यात्रुको विचल्ली भएको छ’, उनले भने। अघिल्लो दिन नै घर फर्कन टिकट काटेका यात्रुको बसपार्कमा विचल्ली भएको छ । सरोकारवाला निकाय भने बेखबर छ । यात्रुको अत्यधिक चाप र गन्तव्यमा पुग्नुपर्ने बाध्यताका कारण यातायात व्यवस्था सुरक्षित हुन सकेको छैन ।

ट्राफिक नियम अनुसार सिटभन्दा बढी गाडीमा मान्छे नबोक्ने भनिए पनि प्रहरीकै अगाडि सवारीले क्षमता भन्दा दोब्बर मान्छे बोक्दा प्रहरी मुकदर्शक बनेको छ । यात्रुको चाप बढेकाले समस्या भइरहेको यातायात व्यवसायीहरू बताउँछन् । काँक्रेबिहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटा यात्रुको चाप बढेकाले समस्या भइरहेको बताउँछन् ।

उनले भने, ‘दसंँका समयमा यात्रुलाई उभिएर नै भए पनि गन्तव्यमा पुर्‍याउनुपर्ने बाध्यता छ, जोखिम पनि उत्तिकै छ,’ उनले भने। प्रदेश ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक भीम खड्का बसपार्कलाई व्यवस्थित गर्न थप जनशक्ति खटाइने बताउँछन् ।  

सिट क्षमताभन्दा बढी यात्रु बोक्नु ट्राफिक नियम विपरीत भएकाले त्यसलाई रोक्न बसपार्कमा कार्यरत प्रहरीलाई निर्देशन दिइएको उनी बताउँछन् । दसैँ सुरु भएसँगै हालसम्म वीरेन्द्रनगरबाट चार लाख बढी नागरिक बाहिरिएको यातायात व्यवसायीले बताएका छन् । दैनिक सरदर छ हजार यात्रु गन्तव्यतर्फ गइरहेका छन् । 

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  २ : ४८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित