लमजुङमा बालमैत्री अभियान अलपत्र « Khabarhub

लमजुङमा बालमैत्री अभियान अलपत्र


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा सबै विद्यालय र समुदायलाई बालमैत्री बनाउने आठ वर्षदेखिको अभियान अलपत्र परेको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयले बालमैत्री शिक्षण सिकाइ र बालमैत्री विद्यालय बनाउने अभियान थालेको थियो ।

सन् २०१५ भित्रै जिल्लाका सबै विद्यालयमा भौतिक पूर्वाधार बालमैत्री बनाउने, गुणस्तरीय शिक्षा दिने, प्राविधिक शिक्षा, तालिमप्राप्त शिक्षक र पाठ्यपुस्तक समयमै पुर्‍याउने योजना समावेश थिए । आठ वर्ष बितिसक्दा समेत छनोट गरिएका ४९ सूचक पूरा भएका छैनन् । सूचक पूरा हुनु त कता हो कता, अधिकांश विद्यालयका सूचकसमेत खस्कँदै गएका छन् । बनेका बालमैत्री शौचालय, धारा र कक्षाकोठा पनि पुरानै अवस्थामा पुगिसकेका छन । केही विद्यालयले भने अद्यावधिक राखेका छन्। ‘अभियानको अनुगमन र मूल्यांकन गरिदिने संस्था अभावमा बालमैत्री क्रियाकलाप ओझेलमा परेको छ,’ बेँसीशहरको जनकल्याण मावि चितीका अशोक श्रेष्ठले भने, ‘झकझक्याउने नभएपछि भएका काम अलपत्र पर्ने रहेछन् ।’

संघीयतापछि शिक्षाको अधिकार पालिका तहमा पुगेको छ । हरेक पालिकामा शिक्षा अधिकारीसहितको जनशक्ति व्यवस्थापन छ । शिक्षा शाखाबाटै बालमैत्री शिक्षण सिकाइ तथा बालमैत्री विद्यालय बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख वीरबहादुर गुरुङले बताए । ‘ठोस कार्यक्रम कसैले पनि चालेको देखिँदैन, मुद्दा नै ओझेलमा परेको छ,’ गुरुङले भने, ‘सबै सूचक पूरा गर्न पालिकाले साझा अभियान चलाउनुपर्छ ।’

जिल्लाका ८ पालिकामध्ये बेँसीशहर नगरपालिकाले दुई वटा वडा बालमैत्री घोषणा गरेको छ भने ९ वटा वडालाई तीन वर्षभित्र पुरा गर्ने प्रतिवद्धता जनाएको छ । बालकल्याण समितिसमेत नरहेपछि अभियानमा चासो दिने कोही नभएको बालकल्याण मावि भकुण्डेका प्रधानाध्यपक तीर्थराज न्यौपाने बताउँछन् । पालिकास्तरीय शिक्षा शाखाले अभियानलाई अपनत्व दिएका छैनन् ।

हरेक विद्यालयमा बालक्लब गठन, योजना र क्रियाकलाप सञ्चालन गर्ने काम भएको छैन । जिल्लामा सामाजिक विकास कार्यालय सञ्चालनमा आएपछि बालमैत्री अभियानसँगै विद्यालयमा बालक्लब गठन र जिल्लास्तरीय बालसञ्जाल समेत गठन गरेको छ । बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले नगरपालिकाका अधिकांश विद्यालयमा धेरै सूचक पूरा हुने क्रममा रहेको बताउँदै उनले भने, ‘आगामी तीन वर्षमा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिनेछ । तोकिएका सूचक पूरा गर्न हरेक पटक अभिभावकदेखि शिक्षक र समुदायका अगुवासमेत सचेत बन्नुपर्ने उनको भनाई छ । 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ११ : १० बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला