शुक्लाफाँटा नगरपालिकाले पाँच वर्षे यातायात गुरुयोजना बनाउने « Khabarhub

शुक्लाफाँटा नगरपालिकाले पाँच वर्षे यातायात गुरुयोजना बनाउने


१५ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शुक्लाफाँटा नगरपालिकाले पाँच वर्षीय नगर यातायात गुरुयोजना बनाउने भएको छ ।

नगरका १२ वडाको सडकको अवस्था अध्ययन गरी स्तरोन्नति गर्नका लागि सो योजना बन्न लागेको हो । सडको अवस्था, लम्बाई, सवारी चाप लगायतको अध्ययन गरी नगर क्षेत्रभित्र रहेका झण्डै दुई सय सडकको सर्भेगरी नक्शङ्कनको कार्य गरिने प्राविधिक शाखाका प्रमुख इञ्जिनीयर दीपक धामीले बताए । यसका लागि पैसो परामर्शदाता कम्पनीसँग सम्झौता गरिएको छ । गत जेठ १५ गतेभित्र गुरुयोजना निर्माणको कार्य सक्ने गरी सो कम्पनीसँग रु आठ लाख ५० हजारमा सम्झौता गरिएको छ ।

सम्झौता अनुसार सडकको सर्भे, नक्शाङ्कन, ग्रामीण सहरी सडकको अवस्थाबारे अध्ययन गर्ने, स्तरोन्नति गर्नुपर्ने सडक र कालोपत्र सडकको अध्ययन गरी योजना बनाइने छ । “जनसङख्याको आधार र सवारी चापको अध्ययन गरी कुन ठाउमा कस्तो प्रकारको सडकको आवश्यकता पर्छ, त्यसै अनुसार सडक निर्माण गर्नका लागि योजना बनाइन्छ” इञ्जिनीयर धामीले भने, “योजना निर्माण भएपछि नगरपालिकाले त्यही अनुसार सडक निर्माणको कार्य गर्छ ।” पाँच वर्षका लागि बन्ने गुरुयोजनाको तीन/तीन वर्षमा अद्यावधिक (पुनरावलोकन) को कार्य हुने उनको भनाइ छ ।

“योजनामा कति वर्षमा नगर क्षेत्रभित्रका सडक कालोपत्र गर्ने र स्तरोन्नति गर्ने कुरा उल्लेख हुन्छ” उनले भने, “सडकको क्षेत्राधिकार तोक्ने कार्य हुन्छ, कुन सडकका लागि कति बजेट लाग्छ, कुन डिजाइनमा बन्छ यी सबै कुरा गुरुयोजनामा उल्लेख हुन्छ ।”

“गुरुयोजना बनेपछि सडकका लागि नगरसभाबाट प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न सकिन्छ” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, “योजनाकै आधारमा सङ्घीय र प्रदेश सरकारबाट बजेट माग गर्न सहज हुन्छ ।”

योजनावद्ध रुपमा नगर क्षेत्रभित्रका सडकको स्तरोन्नति र कालोपत्रे गर्न सकिने भएकाले बजेट डुब्लिकेसन नहुने र छिटो विकास हुने उनको भनाइ रहेको छ । समविकासको अवधारणा अनुसार सबै वडामा समान रुपमा सडक निर्माण गरी आवागमनलाई सहज बनाउन सकिने उनले उल्लेख गरे । “नगर गुरुयोजना तयार गरी सडक सञ्जालको विस्तारलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्छौँ” उनले भने, “नगरको यातायात क्षेत्रलाई व्यवस्थित एवं सहजीकरण गर्न गुरुयोजनाले सघाउ पुरयाउ छ ।”

वातावरणीय अध्ययनको कुरा योजनामा समावेश हुने भएकाले परम्परागत भन्दा पनि गुरुयोजना बनेपछि सडक ढल निकाससहितका आधुनिक तरिकाले निर्माण हुने उनले बताए । नगरवासीको जनजीवन सहज बनाउन र दुर्घटनामुक्त सहर निर्माण गर्न प्रत्येक सडकको चौडाइ मापदण्ड तोक्नका लागि यसअघि नगरपालिकाले सडक मापदण्ड तथा अधिकार क्षेत्र निर्धारण कार्यविधि तयार गरेको छ ।

कार्यविधिलाई गुरुयोजनाको आधारका रुपमा लिइने छ । कार्यविधि अनुसार नगर क्षेत्रभित्रका सडकलाई चौडाइका आधारमा ‘क’ देखि ‘च’ सम्म वर्गिकरण गरिएको छ । जसमा २० मिटर चौडाइदेखि ६ मिटर चौडाइसम्मका सडक निर्माण गर्ने कुरा उल्लेख छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ३ : ३३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित