भैंसीपालनमा अनुकरणीय बन्दै ‘नरनारायण’ « Khabarhub

भैंसीपालनमा अनुकरणीय बन्दै ‘नरनारायण’


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामपुर – कृषि व्यवसाय भनेपछि अझै पनि गाउँघरमा राम्रो दृष्टिले हेरिन्न। त्यसैमाथि पशुपालन गर्नेलाई समाजले झट्ट राम्रो काम भन्न सक्दैन। कृषिप्रति अनिच्छा र उपेक्षा बढिरहेको अवस्थामा सबैका लागि अहिले अनुकरणीय बनेका छन्, पाल्पा रामपुरका नरनारायण अर्याल।

रामपुर नगरपालिका–८ स्थित एक्लेटारमा सञ्चालित नागिनी एग्रो एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक अर्यालले पाल्पामा ठूलो भैँसीपालन व्यवसाय गरेका छन्। अहिले उनको व्यवसाय आयआर्जन गर्ने मात्रै नभई अन्यका लागि पशुपालन सिकाइ गर्ने थलो बनेको छ। यहाँ अवलोकन गर्न आउने जोकोहीले केही न केही नयाँ कुरा सिकेर फर्कने गर्दछन्।

तीनवर्षदेखि व्यवसाय सुरु गरेका अर्यालको फार्ममा हाल ७० बढी भैँसी छन्। फार्मका २४ दुहुना भैँसीबाट तीन सय ३० लिटर दूध दैनिक प्रतिलिटर रु एक सय ३० का दरले बजारमा बिक्री गर्छन्। हाल उनले मासिक खर्च कटाएर एक लाख ५० हजार आम्दानी गर्छन्।

कालीगण्डकी करिडोर सडक आडैमा रहेको यस भैँसी फार्म व्यवस्थित संरचना भित्र सञ्चालित छ। स्नातक तहसम्म अर्थशास्त्र विषय लिएर अध्ययन गर्नुभएका अर्यालको पढेर जीवनमा ज्ञान, सीप लिने, समाजमा प्रतिष्ठा र आयस्रोतका लागि जागिरभन्दा व्यवसाय नै गर्ने इच्छाअनुसार भैँसीपालन व्यवसाय रोजाइमा पर्यो।

अहिले भैँसीपालनबाट आफूले आत्मसन्तुष्टि पाएको उहाँ बताउनुहुन्छ। सडक नजिकै रहेको यहाँको फार्ममा विभिन्न क्षेत्रका व्यक्ति भैँसीपालनको अवस्था बुझ्न आउछन्। फार्ममा एक सय ५० माउ भैँसी पाल्ने लक्ष्य लिनुभएका अर्यालले भैसी रेखदेखका निम्ति हाल पाँच जनालाई रोजगार दिनुभएको छ। जग्गा प्रशस्त रहेकाले घाँसपातको समस्या छैन। तर दानाको महँगी बढ्दा खरिदमा साना तथा ठूला किसान मारमा परिरहेको गुनासो छ।

भारत र मुलुकका विभिन्न स्थानमा पुगेर उन्नत जातका भैँसी खरिद गरी उहाँले व्यवसाय सुरु गर्नुभएको हो। फार्ममा सबैजसो भैँसी उन्नत जातका छन्। अर्यालले एक भैँसीको मूल्य रु एक लाख ३० हजारदेखि रु दुई लाख ५० हजारसम्ममा खरिद गरेर ल्याउनुभएको छ। भैँसी खरिद र गोठ निर्माणमा हालसम्म करिब रु तीन करोड ५० लाख बराबरको लगानी परेको छ। उहाँले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण झिकेर व्यवसाय चलाउनुभएको छ।

अहिले ठूलो क्षमताको चारैतिर फराकिलो एउटा गोठमा दुई लाइनमा भैँसी बाँधेर पालिएको छ। सङ्ख्या थप्ने तयारीमा रहनुभएका अर्यालले गोठको संरचना निर्माण गरिरहनुभएको छ। हाल दुध मात्रै उत्पादन गरी बिक्री गर्नुभएका उहाँले दैनिक पाँच सय लिटर बढी दुध उत्पादन गरी पनिर, घ्यूलगायत दुग्धजन्य पदार्थ उत्पादन गर्ने सोच बनाउनुभएको छ। सामाजिक कामसँगै घरमै बसेर व्यवसाय गर्ने सोचका साथ ठूलो लगानीमा उहाँले भैँसीपालन गर्नुभएको हो। ब्रोइलर कुखुरापालन गर्नुभएका उहाँले दीर्घकालीन रुपमा आफ्ना लागि कमाइ गर्ने मात्र नभई अरुलाई पनि सिकाइयोग्य हुने उद्देश्यका साथ संरचना तयार पारेर भैँसीपालन व्यावसाय सुरुवात गरेको बताउनुहुन्छ।

“फार्ममा बसेर कामदारसँगै काममा खटिरहेको हुन्छु, दैनिकजसो भैँसीफार्म अवलोकन गर्न आइरहनुहुन्छ, कतिपय कृषक व्यवसाय चलाउन सल्लाह सुझाव लिन आउनुहुन्छ, स्वतन्त्र रुपमा आफ्नै व्यवसायमा जीवन चलाउन पाउँदा खुसी भएको छु”, उहाँले भन्नुभयो। विभिन्न सङ्घ संस्थाको जिम्मेवारी पदमा रहनुभएका अर्याल फुर्सदका समय आफैँ फार्ममा बसेर काम गर्नुहुन्छ। यहाँबाट ज्ञान सीप लिएर हिजोआज यस क्षेत्रमा भैँसीपालन गर्ने युवा बढ्दै गएका छन्।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ९ : १७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित