‘राज्यका सबै निकायमा महिलाको समानुपातिक सहभागिता आवश्यक’ « Khabarhub

‘राज्यका सबै निकायमा महिलाको समानुपातिक सहभागिता आवश्यक’


१४ आश्विन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा र राष्ट्रियसभाका विषयगत समितिका सभापतिले राज्यका सबै निकायमा महिलाको समानुपातिक सहभागिताको विषय संविधानको कार्यान्वयनको विषय भएको औँल्याएका छन् ।

संसद् सचिवालयले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजना गरेको कार्यक्रममा उहाँहरुले संविधानको प्रस्तावनामा नै सहभागिता मात्रै नभएर समानुपातिक सहभागिता उल्लेख भएको बताउनुभएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संविधानको सही व्याख्या हुनुपर्नेमा जोड दिदैं संविधानमा एक तिहाई (३३ प्रतिशत) सहभागिता उल्लेख नभएको बताइन् । उनले भनिन्, “विसं २०६८ को जनगणनाअनुसार नेपालमा महिलाको जनसङ्ख्या ५१ प्रतिशत रहेको थियो, सोहीअनुसार सहभागिता हुनुपर्छ ।”

राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिकी सभापति निरादेवी जैरुले पार्टीको शीर्ष नेतृत्वले महिलालाई अझै पनि कम विश्वास गरेको बताइन् ।  “महिलालाई सशक्त बनाउन शिक्षा र स्वास्थ्य क्षेत्रमा जोड दिनुपर्छ”, उनले भनिन्, “विस्तारै प्रतिस्पर्धाबाट नै महिला धेरै आउनसक्ने वातावरण बनाउनुपर्छ ।”

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले महिलाको शिक्षा र स्वास्थ्यमा राज्यले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । राज्यको सबै क्षेत्रमा दलित, जनजाति र पछाडि पारिएका वर्गको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने उनको भनाइ छ ।

कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले संविधान गर्व गर्न योग्य भए पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन नसकेको बताउँदै स्थानीय तहमा उपप्रमुखमा टिकट दिने दलले महिलालाई विश्वास गर्न नसकेर नै प्रमुखको टिकट नदिएको गुनासो गरे ।

नेपाली कांग्रेसका प्रमुख सचेतक पुष्पा भुषालले संविधान र विभिन्न अन्तर्राष्ट्रिय सन्धिसम्झौतामा धेरै किसिमका सम्झौता भए पनि त्यसको कार्यान्वयनको अवस्था फितलो रहेको बताइन् ।  “कतिपय सामाजिक मूल्यले पनि गरिएका व्यवस्था कार्यान्वयन गर्न दिएको छैन्”, उनले भनिन, “हिजो उपप्रमुखमा चुनाब लडेर र जितेर आएका महिलाले हिम्मत गरेमा मात्रै स्थानीय तहमा ५० प्रतिशत प्रमुख महिला पुग्नसक्छ ।”

नेता लक्ष्मणलाल कर्णले महिला सहभागिता बढाउनका लागि फेरि पनि संसद्मा पहिलो संविधानसभामा जसरी नै ककस आवश्यक रहेको औँल्याए । संसारभरमा संविधान आवश्यक संशोधन गरिँदै आएकाले नेपालमा पनि आवश्यक विषयमा संशोधन हुनुपर्नेमा उनले जोड दिए ।

राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले एमालेको पहिलो विधान महाधिवेसनमा एक तिहाई महिला सहभागी हुने बताए । सहभागितासँगै गुणस्तर बढाउनुपर्ने र त्यसका लागि क्षमता अभिवृद्धिमा सबैले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १० : ५९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित