फोहोर फालेर महानगरको कार्यालय अगाडि प्रदर्शन, प्रधानमन्त्री र मेयरबीच छलफल « Khabarhub

फोहोर फालेर महानगरको कार्यालय अगाडि प्रदर्शन, प्रधानमन्त्री र मेयरबीच छलफल


१४ भदौ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकामा तीनहप्तादेखि फोहोर नउठाइएपछि महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरिएको छ । युथ कांग्रेसले सोमबार प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ लेखेको प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

फोहोर डम्पिङ साइड सिसडोल जाने सडक खराब भएका कारण महानगरले फोहोर उठाउन नसकिएको बताउँदै आएको छ । अहिले राजधानी काठमाडौँका सडकमा जताततै फोहोर थुप्रिएको छ ।

यसैबीच फोहोर व्यवस्थापनकै विषयलाई लिएर सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतले छलफल गरेका छन् । छलफलमा प्रधानमन्त्री देउवा जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनका लागि सकारात्मक भएको बताएका छन् ।

‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण विग्रिएको छ । त्यहि कारण केही दिनदेखि पूर्णरुपमा फोहोर उठाउन सकेका छैनौँ,’ प्रधानमन्त्री देवासँगको छलफलपछि कुराकानी गर्दै प्रमुख शाक्यले भने, ‘सिसडोलसम्म फोहोर बोकेका गाडी लैजानका लागि सडक निर्माणको पहल गर्न हामीले प्रधानमन्त्रीज्युलाई आग्रह गर्यौं । उहाँले त्यहिबाट सडक विभागका डिजीलाई टेलिफोन सम्पर्क गरी आजैबाट तत्काल बाटो बनाउने कार्य थाल्न निर्देशन दिनुभयो ।’

शाक्यले थपे, ‘प्रधानमन्त्री देउवासँगको भेटमा हामीले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइड छिटो भन्दा छिटो निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण निर्माण गर्न पनि आग्रह गरेका छौँ ।’ उनले भदौ ८ गते नै प्रधानमन्त्रीलाई पत्र पठाएर फोहोर व्यवस्थापनका लागि पहल गर्न आग्रह गरेको उल्लेख गर्दै त्यसै अनुसार भेट भएको बताए ।

प्रमुख शाक्यले प्रधानमन्त्री देउवालाई पठाएको पत्रमा काठमाडौँ उपत्यकाको फोहोरमैलाको दीर्घकालिन समस्या समाधानका लागि निर्माणाधिन बञ्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइडको हालसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र सो ल्याण्डफिल साइटसम्म पुग्ने बाटो समेत निर्माण सम्पन्न हुन नसकेका कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा अवरोध पुगेको उल्लेख गरिएको थियो ।

‘यस अवस्थामा तत्काल उक्त बञ्चरे डाँडा ल्याण्डफिल्ड साइड र सो साइडसम्म पुग्ने बाटो अविलम्ब निर्माण सम्पन्न गरी काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनमा सहजताका लागि प्राथमिकताका साथ आवश्यक कारबाही अगाडि बढाई दिनुहुन अनुरोध गर्दछु,’ पत्रमा उल्लेख थियो ।

शाक्यले सिसडोलसम्म जाने बाटो निर्माणका लागि लाग्ने खर्च गर्न महानगरपालिका तयार रहेको पनि जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यु छिटो फोहोर व्यवस्थापन गर्न सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइड छिटोभन्दा छिटो निर्माण सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेको अवस्थामा फोहोर व्यवस्थापन गर्न सहज हुन्छ ।’

सामान्य अवस्थामा दैनिक १ सय ५० ट्रक पुग्ने साइडमा अहिले बढीमा ५० वटा मात्र पुग्ने गरेका छन । जसका कारण उपत्यकाका सडकमा फोहोरको मात्रा बढ्दै गएको हो ।

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  ४ : ०३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित