कालोबजारी रोक्न र मजदुरलाई राहत दिन निर्यात व्यवसायी महासंघको माग « Khabarhub

कालोबजारी रोक्न र मजदुरलाई राहत दिन निर्यात व्यवसायी महासंघको माग


१६ बैशाख २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्यात व्यवसायी महासंघ नेपालले निषेधाज्ञाको मौका छोपेर कालोबजारी गर्न खोज्नेहरु सक्रिय हुनसक्ने भएकाले सचेत रहन सरोकारवाला पक्षलाई आग्रह गरेको छ । महासंघका अध्यक्ष रामबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै आमसाधारणलाई अतिआवश्यक वस्तुमा कालोबजारी हुनसक्ने भएकाले सचेतता अपनाउन सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका अध्यक्ष गुरुङले विज्ञप्तिमा भनेका छन्, ‘निर्यातजन्य बस्तुको उत्पादन तथा ढुवानी अतिआवश्यक वस्तु भएकाले त्यस्ता वस्तुहरुलाइ अतिआवश्यक बस्तुको सुचीमा समावेश गर्नको लागि यस महासंघ सरकार समक्ष आग्रह गर्दछ । बिगत देखि नै निर्यातजन्य उद्योगहरु सरकारको प्राथमिकतामा नपर्दा यस क्षेत्रको बिकास अपेक्षा अनुरुप हुन सकेको छैन ।’

महासंघले तीनै तहका सरकारलाई कोभिड १९ का कारण निम्तन सक्ने सम्भावित अवस्थाका लागि आवश्यक तयारी गर्न आग्रह समेत गरेको छ । क्वारेन्टाईन, आइसोलेसनको व्यवस्थापन तथा अत्यावश्यकिय औषधीको आपूर्तिका लागि आवश्यक प्रणालीलाई चुस्त बनाउन पनि महासंघले आग्रह गरेको छ ।

अध्यक्ष गुरुङले विज्ञप्तिमा भनेका छन्, ‘भर्खरै लयमा आउनलागेको अर्थतन्त्रमा पुन संक्रमणको दर बढ्दै जाँदा त्यसको नकारात्मक असर पर्ने देखिएको छ । सरकार, निजी क्षेत्र र आम जनता सबैको प्रमुख दायित्व भनेको कोभिड संक्रमणको चेन ब्रेक गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन हो । तसर्थ सरकारले जनताको स्थास्थ्य सुरक्षाका लागि चालेको यो प्रयासमा यस महासंघ सहयोगको लागि प्रतिबद्ध छ ।’

महासंघले नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गदै निषेधाज्ञाको समयमा दैनिक ज्यालादारी गर्ने मजदुरहरुको रोजगारी नगुम्नेगरी आर्थिक गतिविधी संञ्चालन गर्ने सहज वातावरण वनाउन पनि माग गरेको छ । दैनिक उपभोग्य सामाग्रीका उद्योग, निर्यातजन्य वस्तु उत्पादन हुने उद्योग, महत्वपुर्ण परियोजनाहरु संचालनमा रोक नलगाउन पनि महासंघले सरकारसँग आग्रह गरेको छ ।

साथै ती उद्योगबाट उत्पादित वस्तुको सहज आपूर्ति, ढुवानी, विक्री, स्वदेश मै कच्चा पदार्थको उत्पादन तथा आयातमा सहज बनाउन र निर्यातजन्य उद्योगका कर्मचारी तथा मजदुरलाई कार्यालय आवतजावत गर्नको लागि सहजिकरण गरिदिन सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ११ : २५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित