कोरोना महामारी : पूर्वी नाकाबाट भित्रिने पर्यटकको सङ्ख्या शून्य « Khabarhub

कोरोना महामारी : पूर्वी नाकाबाट भित्रिने पर्यटकको सङ्ख्या शून्य


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७/०७८ मा शून्य रहेको अध्यागमन कार्यालय झापाले जनाएको छ ।

कोभिड–१९ का कारण सरकारले पर्यटकलाई सीमानाकाबाट नेपाल प्रवेशमा रोक लगाएसँगै यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या शून्य भएको हो ।

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख जनक कोइरालाले कोरोना भाइरसको महामारीका कारण आर्थिक वर्ष २०७६/०७७ को चैत ११ गतेदेखि हालसम्मको अवधिमा एकजना पर्यटक पनि नेपाल प्रवेश नगरेको बताए ।

नेपाल सरकारले विदेशी पर्यटकलाई हवाई मार्गबाट मात्र नेपालमा प्रवेश खुल्ला गरेको तर सीमानाकाबाट अझै प्रवेशमा रोक लगाइरहेको उनले बताए । उनका अनुसार यो नाका भएर विदेश जाने पर्यटकका लागि १५ महिनाको अवधिमा एउटै पनि भिसा जारी भएको छैन ।

उनले भारतीय नाकासम्म आएका पर्यटले नेपाल घुम्न आउनका लागि अध्यागमन कार्यालयमा सम्पर्क गरिरहेको बताए । “धेरै तेस्रो मुलुकबाट आउने पर्यटकले नेपाल घुम्नका लागि आएका छौँ, व्यवस्था मिलाइदिनु पर्‍यो भनेर भारतीय सीमा क्षेत्रमा आएर सम्पर्क गर्नुहुन्छ”, उनले भने, “तर कोभिड–१९ का कारण नाकाबाट अहिले तपार्इंहरुलाई प्रवेश निषेध छ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउनुहोस् भनेर अनुरोध गर्छौं ।”

भिसा नवीकरण जारी

अध्यागमन कार्यालय काँकडभिट्टाले हाल भिसा नवीकरणबाट मात्र आर्थिक वर्ष २०७७/०७८ मा रु ५० लाख ६४ हजार ४२१ राजस्व सङ्कलन गरेको छ ।

यो गत वर्षको तुलनामा आधा कम हो । उनका अनुसार गत वर्ष कार्यालयले पर्यटक भिसाबापत रु एक करोड एक लाख २३ हजार ७४० राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले एक वर्षको अवधिमा ३५० विभिन्न प्रकारको भिसा नवीकरण गरेको कार्यालयप्रमुख कोइरालाले बताए । उनका अनुसार कार्यालयले पर्यछक, नाता, वैवाहिक र एनआरएनलगायतका भिसाको नवीकरण गरिरहेको छ ।

कोडिभ–१९ को जोखिम नहुँदासमेत नेपालमा भिसा जारी गरेर तेस्रो देशबाट घुम्न आउने पर्यटकले १५० दिन बस्न पाउने व्यवस्था थियो । तर, लकडाउन शुरु भएसँगै नेपालमा रहेका पर्यटकले भिसा नवीकरण गरेर २१० दिनसम्म बस्न पाउने सरकारले व्यवस्था मिलाइदिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ११ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित