प्राकृतिक विपद व्यवस्थापन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन « Khabarhub

प्राकृतिक विपद व्यवस्थापन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपि शर्मा ओलीले प्राकृतिक विपद् व्यवस्थापन तथा राहतकार्यलाई प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा एमाले वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेल, इन्चार्ज रामबहादुर थापासहितको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले बाढी पहिरो प्रभावितहरुको राहत तथा उद्धारकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

उनले सिन्धुपाल्चोक जिल्लाका बाढीपहिरो विस्थापित परिवारको उचितव व्यवस्थापन गर्न निर्देशन दिए । पुल बगाएको स्थानमा बेलिबृजको व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेको पनि प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले सरकारले अस्थायी घर बनाउन सहयोग गर्ने, खानेपानी, बिजुली र टेलिफोन तत्काल पुनः सञ्चालन गर्न सम्बन्धित कार्यालयलाई निर्देशन समेत दिए ।  साथै बाटो पुनः सञ्चालन गर्न पुल निर्माण, झोलुङ्गे पुल निर्माण गर्ने, बाढीको सूचना थाहा पाउने गरी साइरन जडान गर्नसमेत उनले निर्देशन दिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

उनले विपदमा राजनीति गर्नेतर्फ नभइ जनताको सेवामा जुट्नुपर्ने बताए । प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश गर्दै एमाले वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्द पोखरेलले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको सम्पूर्ण उपचार खर्चको व्यवस्थापन, बहुआयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वे मार्फत पूनः निर्माणको लागि लागत अनुमान र बजेट व्यवस्था गर्न माग गरिएको बताए ।

यसै गरी विस्थापित ४ सय परिवारको अस्थाई बसोबासको लागि प्रति परिवार ८ बन्डल जस्ता उपलब्ध गराई अस्थाई बासस्थान निर्माण गर्ने, नदी किनाराका बजार संरक्षण र पुनः व्यवस्थापनको लागि तत्कालै तटबन्ध निर्माण गरी बजार सुचारु गर्न र भत्केका घरहरुको पूननिर्माण र पुरिएका घरहरुलाई मर्मत सुधार गराउने व्यवस्था गर्न पनि माग गरिएको छ ।

यही असार १ गते साँझ सिन्धुपाल्चोकको मेलाम्च, याङ्ग्री र लार्के खोलामा आएको बाढीले जिल्लाका मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाका छवटा बजार तथा मानव बस्ती चनौटे, मेलम्ची, ग्याल्थुम, तालामाराङ, हल्दे, तिम्बु तल्लो बजार र सो आसपास बस्तीमा ल्याएको ढुङ्गागिट्टी तथा लेदोका कारण उक्त मानव बस्तीमा पूरै क्षति पुर्‍याई ठूलो सङ्कट पैदा भएको थियो ।

उक्त बाढीपहिरामा परी १६ व्यक्तिको मृत्यु भएको थियो भने ४०० परिवार विस्थापित, ३३७ घर र ६० गोठ, ६ मोटरेवल पुल तथा १३ झोलुङ्गे पुल बगाएको थियो ।

बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा समेत क्षति पुग्नुका साथै विद्युत् प्रसारण लाइन अवरुद्ध भएको छ भने बैंकबाट ऋण लिई विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको बैंक किस्ता भुक्तानीमा समस्या भएको ज्ञापनपत्रमा उल्लेख छ ।

बाढी प्रभावितका लागि प्रमसँग १८ बुँदे माग

एमाले वाग्मती कमिटीले सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावितको जीवनयापन सहज गर्नका लागि विभिन्न १८  बुँदे माग प्रधानमन्त्री ओलीलाई बुझाएको छ ।

मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार खर्च सरकारद्वारा गर्नुपर्ने, बहुआयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वे गरी दीर्घकालिन एकीकृत बस्ती पुनः निर्माणका लागि लागत अनुमानअनुसार बजेटको व्यवस्था गरी तत्कालै कार्य प्रारम्भ गर्नुपर्ने माग ज्ञापनपत्रमा छ ।

विस्थापित ४०० परिवारको अस्थायी बसोबासका लागि प्रतिपरिवार आठ बण्डल जस्ता पात उपलब्ध गराई अस्थायि बासस्थान निर्माण गर्ने व्यवस्था गर्नुपर्ने, नदी किनारका बजार संरक्षण र पुनः व्यवस्थापनका लागि तत्कालै तटबन्ध निर्माण गरी बजार पुनः सञ्चालन गर्ने तथा भत्केका घरको पुनर्निर्माण र पुरिएका घरलाई मर्मत सुधार गराउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

बिग्रेभत्केका मोटरबाटोको तत्कालै मर्मत सुधार गरी मोटर सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने, भत्केका मोटर पुलमा अस्थायी बेली ब्रिज वा कजवे निर्माण गरी मोटरबाटो सञ्चालनमा ल्याउने र मानिस आवतजावतका लागि तत्कालै झोलुङ्गे पुल निर्माण गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ ।

ध्वस्त भएको सञ्चार र विद्युत् प्रसारणको लाइनको मर्मत गरी तत्कालै विद्युत् आपूर्ति सञ्चालन गर्नुपर्ने, ध्वस्त सबै खानेपानीका मुहान र संरचना मर्मत तथा सुधार गरी मुहानको संरक्षण, फिल्टरेशनसहित सफा खानेपानीको व्यवस्था तत्कालै गर्नुपर्ने माग गरिएको छ ।

राष्ट्रिय गौरवको आयोजना मेलम्चीको मुहानमा भएको क्षतिको मर्मत सुधार गरी काठमाडौँमा पिउने पानीको आपूर्ति गर्नुपर्ने, भत्केका दुई विद्यालय सञ्चालनका लागि तत्कालै सुरक्षित स्थानमा भवन निर्माण गरी पठनपाठन पुनः सञ्चालन गर्नुपर्ने माग एमाले वाग्मती प्रदेशको छ ।

बाढीबाट क्षतिग्रस्त भएका प्रहरी चौकीको पुनस्र्थापना गरी जनताको जीउधनको सुरक्षाका अतिरिक्त व्यवस्था गर्नुपर्ने, बाढीका कारण आउन सक्ने महामारी, पानीजन्य रोग तथा अन्य सरुवा रोग रोकथाम नियन्त्रण र उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।

बाढीपहिराबाट विस्थापित जनसमुदायलाई तत्कालै खाद्यान्न र अन्य राहतको उचित प्रबन्ध गर्नुपर्ने, नदी किनारमा तार जाली लगाई नदीलाई आफ्नो पुरानो मार्गमा फर्काउने व्यवस्था गर्नुपर्ने, हरेक वर्ष सिन्धुपाल्चोकमा बाढी पहिराबाट हुने क्षतिबाट जनतालाई जोगाउन सुरक्षित स्थानमा एकीकृत आवास निर्माण गरी स्थानान्तरण गर्नुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।

त्यस्तै नदी किनारमा सञ्चालन भएका कृषि बाली, पशु चौपाया, कृषि फार्म, होटेल, रिसोर्ट, पसल र अन्य व्यवसाय सञ्चालन गर्नेको लगानी संरक्षण गर्न बैंकको ब्याज मिनाहा तथा कर्जा पुनः संरचना गर्ने व्यवस्था गर्नुपर्ने र नदी किनारामा बाढीको पूर्व जानकारी दिने साइरन तत्काल जडान गर्नुपर्ने माग गरिएको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ४ : ०१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित