कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या लक्ष्यभन्दा कम « Khabarhub

कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या लक्ष्यभन्दा कम


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटमा अग्रपङ्क्तिमा सेवा प्रवाहमा कार्यरत लक्षित समूहमध्ये आधाभन्दा कमले मात्रै कोरोना रोग विरुद्धको खोप (कोभिशील्ड)को पहिलो डोज लगाएका छन् ।

जिल्लामा हालसम्म दुई समूहमा सञ्चालन गरिएको खोप कार्यक्रममा आठ हजार ७९ जनाले कोरोना रोग विरुद्ध खोप लगाउन नाम सूचीकृत गरे पनि कार्यक्रम सम्पन्न हुदाँसम्म तीन हजार ८८६ जनाले मात्र खोप लगाएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए ।

दोस्रो चरणको खोप कार्यक्रम सोमबार सम्पन्न भएको छ । फागुन २ देखि शुरू भएको दोस्रो चरणको लागि ६ गतेसम्म तोकिएको भए पनि लक्ष्यभन्दा निकै कमले सहभागिता जनाएसगैँ ८ गतेसम्म समय थप गरिएको थियो ।

स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार नाम दर्ता गराएको लक्ष्यभन्दा आधाभन्दा कमले मात्रै खोप लगाउनुलाई खोप लगाउँदा तोकिएको मापदण्ड (दीर्घरोग सम्बन्धी औषधि सेवनकर्ता, कोरोनाको सक्रिय सङ्क्रमित, गर्भवती तथा स्तनपान गराउँदै आएका सुत्केरीलाई नहुने) अनुसार नाम दर्ता गराउने धेरै र सेवा लिनेको सङ्ख्या कम देखिएको हुनसक्ने अनुमान छ ।

यद्यपि खोप लगाएपछि देखिने शारीरिक प्रतिक्र्रिया र खोपप्रतिको विश्वाससमेत कम भएर लगाउनेको सङ्ख्या लक्ष्यभन्दा कम भएको हुनसक्ने स्वास्थ्य कार्यालयको भनाइ छ । नुवाकोटमा पहिलो चरणको खोप अभियान गत माघ १४ गतेदेखि र दोस्रो चरणको खोप अभियान फागुन २ गतेदेखि चलाइएको थियो ।

सरकारी कर्मचारी, स्थानीयतहका जनप्रतिनिधि, पत्रकार, जिल्लास्थित बैंकको शाखा कार्यालय र सहकारी तथा वित्तीय संस्थाका कर्मचारीसमेत गरेर पाँच हजार ६५८ जनाले खोप लगाउन नाम सूचीकृत गरे पनि सो अवधिमा दुई हजार ८१ जनाले खोप लगाएका थिए ।

त्यसअघि पहिलो चरणको खोप कार्यक्रममा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंयसेविका, एम्बुलेन्स र शवबाहनका चालक, सरसफाइकर्मीलाई लक्षित गरेर चलाइएको खोप कार्यक्रममा दुई हजार ४२१ जनालाई खोप लगाउने लक्ष्य राखे पनि एक हजार ५७६ जनाले मात्रै खोप लगाएका थिए ।

दुवै समूहमा छुट भएकालाई समावेश गरेर सोमबार चलाइएको खोप कार्यक्रममा २२९ जनाले सेवा लिएका थिए । बाह्र स्थानीय तह रहेको नुवाकोटमा त्रिशूली अस्पताल खोप केन्द्रमार्फत नौ र खरानीटार अस्पतालमार्फत बाँकी तीन स्थानीयवासीलाई सेवा दिने गरेर खोप कार्यक्रम चलाइएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  २ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित