‘अर्जुन रेड्डी’को नेपाली भर्सनलाई कलाकारको खोजी


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्लकबस्टर र तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सनका लागि कलाकारको खोजी शुरु भएको छ । युवा फिल्मसले निर्माण गर्न लागेको नेपाली रिमेक भर्सनका लागि प्रमुख पुरुष र महिला कलाकारको खोजी गरिएको हो ।

युवा फिल्मसले प्रमुख पुरुष कलाकारको हकमा २५ देखि ३० वर्षसम्मको उमेर र महिला कलाकारको हकमा २० देखि २२ वर्षसम्मको उमेर तोकेको छ ।

यस्तै सह–अभिनेताका लागि पुरुषको हकमा २५ देखि ३० वर्षसम्म र सह–अभिनेत्रीका लागि २० देखि २५ वर्षसम्मको उमेर तोकेको छ ।

निर्माण टिमले फिल्ममा अभिनय गर्न इच्छुकले एक तस्वीर, उमेर समूह र फोन सम्पर्क नम्बर पठाउन अनुरोध गरेको छ । इच्छुकले contact@yuvafilms.com मा इमेल गर्न सक्ने निर्माण टिमले जनाएको छ ।

केही समय अघि ‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १२ : ३५ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र