आठ पालिका दमकल विहीन « Khabarhub

आठ पालिका दमकल विहीन


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – स्थानीय तह गठन भएको वर्षौ बितिसक्दासमेत डोटीका आठ पालिकाले अहिलेसम्म बारुण यन्त्र (दमकल) किन्न सकेका छैनन् । सात गाउँपालिका र दुई नगरपालिकासहित नौ स्थानीय तह रहेको यहाँ आठ स्थानीय तहसँग दमकल छैनन् ।

यहाँका पालिकामा रहेका बजार वा कुनै घरमा आगलागी हुँदा दमकल नभएका कारण निकै समस्या हुँदै आएको छ । पछिल्लो समय यहाँका सामुदायिक वनमा लागेको आगो शहर तथा बजारमा पस्न थालेपछि दमकलको अभाव खड्किन थालेको स्थानीयवासी बताउँछन् । आगलागी नियन्त्रणका लागि दमकल आवश्यक हो भन्ने जाने पनि त्यसको बेवास्ता गर्दै यहाँका स्थानीय तहले अहिलेसम्म नकिनेको बडिकेदार गाउँपालिका–१ का बासिन्दा रोजबहादुर कलेलले आरोप लगाए ।

दिपायल सिलगढी नगरपालिकामा दुई दमकल भए पनि एक वर्षौदेखि प्रयोगविहीन अवस्थामा थन्कीएको छ । दुई वर्ष पहिले किनिएको एउटा दमकलले काम चलाउँदै आइएको छ । जिल्लामा रहेका नौ वटै स्थानीय तहमा यातायातको पहुँच भए पनि दिपायल सिलगढी नगरपालिका बाहेक अरु स्थानीय तहसँग दमकल छैनन् ।

अधिकांश स्थानीय तहका वडा कार्यालय तथा बस्ती भिर पाखामा भएका कारण आगलागी हुँदा दमकलको प्रयोग गर्न सम्भव नरहेकाले दमकल किन्न नसकिएको सुदूरपश्चिम गाउँपालिका महासङ्घ तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

पछिल्लो समय यहाँका सामुदायिक वनमा लागेको आगो नियन्त्रणका लागि सबै पालिकासँग दमकल भएको भए निकै सहज हुने जोरायल गाउँपालिका–२ बुडरका बासिन्दा लोकबहादुर मल्लले बताए । जिल्लामा रहेका ३६० सामदायिक वन तथा केही सरकारी वनमा लागेको आगोले अहिले सयौँ हेक्टर जमिन तथा त्यसमा उम्रिएका जडिबुटी जलेर सखाप भएका छन् ।

वन क्षेत्रमा अधिकांश आगलागीका घटना मानवीय कारण हुने गरेको डिभिजनल वन कार्यालयका प्रमुख शम्भु तिवारीको भनाइ छ । आकस्मिक रुपमा हुने आगलागी निभाउने यन्त्र नहुँदा जिल्लामा हरेक वर्ष ठूलो क्षति हुने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हालसम्म कार्यविधि नबनेका कारण दमकल खरिद प्रक्रिया अघि बढाउन नसकिएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले गुनासो गरे ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १ : ४५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित