रानीपोखरी सरसफाईमा जुट्यो महानगरपालिका « Khabarhub

रानीपोखरी सरसफाईमा जुट्यो महानगरपालिका


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पुनर्निर्माणपछि चिटिक्क परेको रानीपोखरी हरियो लेउ र झ्याउले ढाकिएर कुरुप बन्न थालेपछि काठमाडौँ महानगरपालिकाले पोखरीको सौन्दर्यता बढाउन सरसफाई थालेको छ ।

महानगरपालिकाले दैनिक नगर प्रहरीलाई खटाएर त्यहाँको हरियो लेउ र झ्याउ हटाउने र पोखरीको प्राकृतिक सौन्दर्यता बढाउने काम गरिरहेको महानगरपालिकाले जानकारी दिएको छ ।

‘राजधानीको केन्द्रमा रहेको पोखरी शुद्धीकरणको दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायहरुसँग हामीले छलफल गरिरहेका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘पुनर्निमाण प्राधिकरणबाट हामीलाई रानीपोखरी पुर्ननिर्माणपछि हस्तान्तरण भैसकेको अवस्था छैन । यद्यपि, पोखरी हाम्रै क्षेत्राधिकार भित्र पर्ने भएकाले हामीले शुद्धीकरणको प्रयास गरेका हौँ ।’

सहरको सौदर्य बढाउने रानीपोखरी हरियो लेउ र झ्याउले कुरुप भयो भन्ने गुनासो सामाजिक सञ्जाल र सञ्चारमाध्ययममा पनि आएकाले महानगरपालिकाको ध्यानाकर्षण भएको र सरसफाइको प्रक्रिया अघि बढाएको ज्ञवालीको भनाइ छ ।

‘पानीमाथि ढाकिएको हरियो लेउले पोखरीको सुन्दरता नै हराउने अवस्था आएपछि हामीले नगरप्रहरीको सहयोगमा त्यहाँको लेउ र झ्याउ हटाउन थालेका छौँ । दीर्घकालिन व्यवस्था नहुन्जेलसम्म पोखरीको सरसफाइलाई महानगरपालिकाले नियमित गर्छ,’ ज्ञवालीले भने, ‘पानीमा माछा नहालेकाले हो अथवा सुरुमा हालेको पानीका कारणले त्यस्तो भएको हो । यो विषयमा पनि हामीले विज्ञहरुसँग छलफल गरेका छौँ । पोखरी लेउ र झ्याउले कुरुप भयो । त्यसैले हामीले पोखरी सफा गरेर पहिलो चरणमा केही माछा हालेर हेर्ने र विस्तारै दीर्घकालिन समस्या समाधानको बाटो अपनाउने तयारी गरेका छौँ ।’
काठमाडौँ महानगरका प्रहरी प्रमुख धनपती सापकोटाले पनि दैनिक २० बढी नगरप्रहरी खटाएर उनीहरुकै सहयोगमा पोखरीको लेउ र झ्याउ हटाउने काम गरिरहेको जानकारी दिए ।

‘दुई दिन लगाएर करीब ५० जना नगर प्रहरीको सहायतामा पोखरीको झण्डै आठ पिटपर जति लेउ र झ्याउ झिक्ने काम भएको छ ।’

उनले प्राधिकरणसँग लेउ मार्ने विषादी प्रयोग गर्ने लगायतका विकल्पका बारेमा छलफल भैरहेको जानकारी दिए ।

अहिले पोखरीमा पानीको मात्रा घट्दै गएकाले थप समस्या भएको भन्दै पोखरीमा पानी भर्ने विषयमा पनि छलफल भैरहेको सापकोटाले जानकारी दिए ।

प्राधिकरणका इन्जिनियर राजुमान मानन्धर पनि पानी शुद्धीकरणका लागि विभिन्न विकल्पमाथि छलफल भैरहेको भन्दै काठमाडौँ महानगरपालिकाले सरसफाइका लागि गरेको प्रयास सकारात्मक भएको जानकारी दिए।

‘अहिलेसम्म काठमाडौँ महानगरपालिकालाई रानीपोखरी हस्तान्तरण भएको अवस्था छैन,’ मानन्धरले भने, ‘यो अवस्थामा काठमाडौँ महानगरपालिकाले सफा गर्ने असल उदेश्यले गरेको कार्य सकारात्मक छ ।’

प्राधिकरणले पनि त्यहाँको लेउ दीर्घकालीन रुपमा हाटाउने र पोखरीलाई सफा बनाउने उपायको खोजी गरिरहेको सन्दर्भमा महानगरपालिकाले गरेको प्रयासलाई सकारात्मक रुपमा लिएको उनले बताए ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ७ : ४९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित