विशिष्ट साधकलाई आजीवन र मानार्थ प्राज्ञ सदस्यता प्रदान « Khabarhub

विशिष्ट साधकलाई आजीवन र मानार्थ प्राज्ञ सदस्यता प्रदान


१ भदौ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ साहित्यकार आनन्ददेव भट्टलाई आजीवन सदस्यताको सम्मानपत्र अर्पण गरेको छ ।

लामो समयदेखि नेपाली साहित्यअन्तर्गत कविता, काव्य र समालोचनाका साथै भाषा, दर्शन, सामाजिक शास्त्र आदि विषय क्षेत्रमा सिर्जना, अनुसन्धान र प्राध्यापनका माध्यमबाट विशिष्ट योगदान गरेका भट्टलाई सम्मान गरेको हो ।

प्रतिष्ठानले विगत सात दशकदेखि साधनारत रही नेपाली साहित्यअन्तर्गत निबन्ध/नियात्रा, कथा र उपन्यास सिर्जना तथा समालोचनाका साथै भाषा–व्याकरणका क्षेत्रमा अध्ययन/अनुसन्धान, सम्पादन एवं प्रकाशनका माध्यमबाट विशिष्ट योगदान गरेका वरिष्ठ साधक डा. तारानाथ शर्मालाई र नेपाली कविता/काव्य साहित्यका क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि साधनारत रही विशिष्ट योगदान गरेका वरिष्ठ कवि नरेश शाक्य (नरेशकुमार शाक्य)लाई आजीवन सदस्यताको सम्मानपत्र  अर्पण गरेको छ ।

सोमबार प्रज्ञा भवनमा आयोजित आजीवन तथा मानार्थ प्राज्ञ सदस्यताको सम्मान अर्पण कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त सम्मानको प्रमाणपत्र प्रदान गरेका हुन् ।

सो अवसरमा विगत छ दशकभन्दा लामो समयदेखि संस्कृत वाङ्मयका विभिन्न क्षेत्रका साथै नेपालको इतिहास, संस्कृति, दर्शन, शिक्षा, भाषा–व्याकरण र साहित्यलगायतका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रामाणिक अध्ययन, अनुसन्धान र प्राध्यापनका माध्यमबाट विशिष्ट योगदान गरेका डा. महेशराज पन्त, विगत चार दशकभन्दा लामो समयदेखि सामाजिक शास्त्र विषयअन्तर्गत कानुन, मानवअधिकार, सुशासन, कूटनीति आदि विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अध्ययन, अनुसन्धान, प्राध्यापन, परामर्श आदिका माध्यमबाट विशिष्ट योगदान गरेका प्रा. डा सूर्य सुवेदी र दर्शनशास्त्रका क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि साधनारत रही अध्ययन/अनुसन्धान, प्रकाशन र प्राध्यापनका माध्यमबाट विशिष्ट योगदान गरेका वरिष्ठ दर्शनशास्त्री प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रलाई मानार्थ प्राज्ञ सदस्यताको सम्मानपत्र अर्पण गरिएको थियो ।

कार्यक्रममा कुलपति उप्रेतीले विगतमा आजीवन तथा मानार्थ प्राज्ञ सदस्यलाई एउटा पत्र मात्रै दिइँदै आएकामा अबदेखि समारोह नै आयोजना गरेर माला र दोसल्लासहित सम्मानपत्र अर्पण गरी सम्मानित गर्ने परम्पराको सुरुआत गरिएको बताए ।

प्रज्ञा भवनमा आयोजित कार्यक्रम समापनपश्चात कुलपति उप्रेतीले सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्य प्रा. डा. हेमनाथ पौडेल र प्राज्ञसभा सदस्य एवं सञ्चार तथा डायास्पोरा संयोजक शशि लुमुम्बूसहित चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचाररत रहेका वरिष्ठ साधक भट्ट र चाबहिलस्थित निजी निवासमा आराम गरिरहेका वरिष्ठ साधक डा. शर्मालाई सोही स्थानमा गएर सम्मान अर्पण गरिएको थियो । उक्त अवसरमा कुलपति उप्रेतीले उनीहरूको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरेका थिए ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ७ : ४० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित