महाधिवेशनका लागि एमालेले छान्यो काठमाडौँ उपत्यकाबाट ८२ प्रतिनिधि (नामसहित) « Khabarhub

महाधिवेशनका लागि एमालेले छान्यो काठमाडौँ उपत्यकाबाट ८२ प्रतिनिधि (नामसहित)


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले काठमाडौं उपत्यकाका तीन जिल्ला र उपत्यका प्रदेशबाट ८२ जना महाधिवेशन प्रतिनिधिको चयन गरेको छ ।

१० देखि १२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमालेले काठमाडौंबाट ४३ भक्तपुरबाट २१ र ललितपुरबाट १८ जना महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।

एमालेको उपत्यकामा बेग्लै प्रदेश कमिटी छ ।  सो कमिटीबाट पाँच जना प्रतिनिधि चयन भएको एमालेले जनाएको छ । एमालेले खुला, महिला र दलित गरी तीन प्रकारका महाधिवेशन प्रतिनिधि चयन गरिरहेको छ । हालसम्म एमालेले ६० भन्दा बढी जिल्लामा प्रतिनिधि चयन गरिसकेको छ ।

यी हुन् उपत्यकाबाट छानिएका प्रतिनिधि

काठमाडौं

गणेश दुलाल, नारायण भण्डारी, रामप्रसाद अमगाईं, बुद्धभक्त चित्रकार, सिर्जन शर्मा, श्यामकृष्ण भण्डारी, उद्धव भण्डारी, पञ्चकृष्ण श्रेष्ठ, रामशरण ढुंगाना, निर्मल कुइँकेल, तेज ढकाल, विदुरविक्रम खड्का, नवराज भट्टराई, दीपक निरौला, नारायण भाई श्रेष्ठ, दीपक केसी, हरि अधिकारी, केशव स्थापित, योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल, तिलक सुनुवार, रामवीर मानन्धर, श्याम घिमिरे, विश्वराज सापकोटा, प्रकाश श्रेष्ठ, विद्यासुन्दर शाक्य, डा.अजयक्रान्ति शाक्य, केशव पोखरेल, हरिशरण थापा, श्याम केसी, रामशरण आलेमगर, जनक रिजाल, शर्मिला कार्की, सरिता न्यौपाने, सानुकान्छी लामा, विन्दा गौतम, रत्न गुरुङ, शान्ति अधिकारी, तारादेवी मानन्धर, बतिसा महर्जन, मीना काफ्ले र विन्दु महर्जन ।

एमाले काठमाडौंका अनुसार एकजा महिला प्रतिनिधि भने छनौट भएका छैनन् ।

भक्तपुर

शम्भु दाहाल, परासर सापकोटा, निरन्जन बजगाईं, मिलन सुवाल, राजेन्द्र राजथला, निर्मल भट्टराई, भास्कर प्रधानाङ्ग, बचन देउजा, वासुदेव थापा, शशीजंग थापा र मदनसुन्दर श्रेष्ठ, बिना वास्तोला, नारायणी फुयाँल, तारा बस्नेत, भागिरथा सिटौला, उत्तरा नेपाल र दीपक विसुंखे ।

ललितपुर

नवराज सिलवाल, मधुसूदन पौडेल, चेतनाथ संजेल, रामचन्द्र दाहाल, पुरुषोत्तम आचार्य, तारा संजेल, अन्नपूर्ण बस्नेत, हरिकृष्ण ब्यन्जनकार, रामेश्वर श्रेष्ठ, चिरञ्जीवी आचार्य, राम राउत, बाबुकाजी प्रधान, राजेन्द्र श्रेष्ठ, अमृत खड्का, रघुनाथ महर्जन, मन्जरी शाक्य, कमला थापा र दिनेश अछामी ।

उपत्यका विशेष प्रदेश कमिटी

समीर नेपाल, कविन्द्रशेखर रिमाल, मोहन रेग्मी, विन्दीया कार्की र भवानी दाहाल ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित