लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सद्वारा १२ जना कार्यसमिति सदस्य चयन « Khabarhub

लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सद्वारा १२ जना कार्यसमिति सदस्य चयन


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार साधारण सभाले लुम्बिनी चेम्बर अफ कमर्सको १६ जना कार्य समितिमध्ये १२ जना सदस्य चयन गरेको छ ।

लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष  टंक प्रसाद पोखरेलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन रहेका थिए ।

उनले निर्विरोध निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्दै अबका दिनमा आयातित व्यापारलाई निरुत्साति गरी उत्पादनमुखी अर्थतन्त्रमा ध्यान दिनुपर्ने बताए।

उनले भने , ‘यो कुरा यहाF किन भन्नु आवश्यक छ कि तपाईहरु उद्योग ब्यावसायी स्वयम हुनुहुन्छ र यसलाई अगाडी लैजानु हुने छ भन्ने विश्वास छ ।’

त्यसैगरी विशिष्ट अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लुम्बिनी प्रदेशमा रहेको बुद्ध भुमिको अन्तर्राष्ट्रिय प्रचार, उनन्तिस प्रतिसत भुभाग कृषि योग्य रहेको र यसको समुचित प्रयोग गरी कृषिमा जोड गरी आत्मनिर्भर हुनुपर्ने बताए ।

उनले कृषिमा आधारित उद्योग व्यवसायको विकास र निर्यातमुखि व्यवसाय संचालन गर्न सबै तहका चेम्बरहरुको ध्यान जाने कुरामा आफू  विश्वस्त रहेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला मन्त्रालयका सचिव बाबुराम अधिकारी, उद्योग मन्त्रालयका सचिव डा.राजेन्द्र केसी, पत्रकार महासंघ का अध्यक्ष  सुमन अधिकारीले शुभकामना मन्तव्य दिएका थिए ।

सदस्यमा चयन भएका सबैलाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता विनोद गौतमले शपथ ग्रहण गराए ।

प्रथम साधारण सभाबाट चयन भएका सदस्यहरुको प्रथम बैठकले उपाध्यक्षमा श्रीधर महरा, महासचिवमा झविन्द्र कंडेल, सचिवमा चिरञ्जिबी पोखरेल, कोषाध्यक्षमा यूवराज न्यौपाने, सदस्यहरुमा उदयराज लम्साल, यम कुमारी सुवेदी, मदन खड्का, पदम पोखरेल, जयप्रकाश गुप्ता, सुकदेब बेल्वासे, खिमबहादुर खत्री, उमानाथ घिमिरे, मनोनित तर्फ शिव ज्ञवाली, महिला तर्फ  मन्जु पराजुलीलाई चयन गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ९ : ०१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित