संविधान र लोकतन्त्रको रक्षाका निम्ति सहकार्य थप बलियो बनाउने विपक्षी गठबन्धनको निष्कर्ष « Khabarhub

संविधान र लोकतन्त्रको रक्षाका निम्ति सहकार्य थप बलियो बनाउने विपक्षी गठबन्धनको निष्कर्ष


२७ जेष्ठ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक थप अन्योलतातर्फ धकिलिएको भन्दै त्यसविरुद्ध एकतावद्ध भएर अघि बढ्ने संकल्प गरेका छन् । उनीहरुले संविधान र लोकतन्त्रको रक्षाका निम्ति सहकार्य थप बलियो बनाउने निष्कर्ष निकालेका हुन्।

बिहीबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकणठमा विपक्षमा रहेका दल नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), एमालेको माधवकुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको शीर्ष नेताहरुको बैठकले केन्द्रदेखि प्रदेशसम्म ओलीविरुद्ध एकताकासाथ अघि बढ्ने साझा धारणा तय गरेको हो।

उनीहरुले ओली नेतृत्वको केन्द्र सरकारलाई प्रदेश गठवन्धनबाट पनि गतिलो ‘धक्का’ पुगेको निष्कर्ष निकालेका छन् । प्रदेश सरकारमा विपक्षी गठवन्धन अझै बलियो बनाउने र सबै प्रदेशबाट ओली निकट सरकारलाई विस्थापित गराएर गठवन्धनको सरकार बनाउन साझा धारणा तय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

हाल विपक्षी गठबन्धनको प्रदेश-२, कर्णाली र सुदूरपश्चिममा सरकार छ । अब गण्डकी प्रदेशमा पनि गठबन्धन सरकार बनाउने विषयमा छलफल भएको उनले जानकारी दिए । बुढानीलकण्ठ बैठकमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका विषयमा समेत छलफल भएको उनले बताए ।

सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदनको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नलिने माधव नेपाल पक्षले बचन दिएको ती नेताले बताए। ओलीले पार्टी एकताका लागि उक्त हस्ताक्षर फिर्ताको शर्त नेपालपक्षसँग राखेपनि उनले उक्त शर्त यसअघि नै अस्वीकार गरेका थिए ।

बैठकमा नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री पूर्ण बहादुर खड्का सहभागी थिए । यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाको तर्फबाट अध्यक्ष उपेन्द्र यादव , एमाले नेता माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ११ : ३१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित