भर्चुअल शिक्षण विधि प्रभावकारी बनाउन आधुनिक प्रविधि आवश्यक « Khabarhub

भर्चुअल शिक्षण विधि प्रभावकारी बनाउन आधुनिक प्रविधि आवश्यक


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ भेरियन्टसहितको कोभिड–१९ तीव्र रुपमा फैलिएपछि भर्चुअल माध्यमबाट जारी शिक्षण सिकाइ विधिलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि उपयोग गरिनुपर्नेमा जोड दिइएको छ ।

सुशील कोइराला मेमोरियल फाउन्डेशनले आज यहाँ जुम प्रविधिका माध्यमबाट आयोजना गरेको शिक्षाका लागि डिजिटल रुपान्तरण विषयक अन्तरक्रिया कार्यक्रममा त्रिभुवन विश्वविद्यालय दूर शिक्षा केन्द्रका उपनिर्देशक डा वेदप्रसाद ढकालले हाल अनलाइनका नाममा प्रविधिबाट दिइएको शिक्षा त्यति धेरै प्रभावकारी हुन नसकेको बताए ।

अनलाइनबाट शिक्षण सिकाइका लागि शिक्षकशिक्षिकालाई प्रशिक्षित नगरेको र अनलाइन माध्यमबाट भइरहेको कक्षामा व्यवस्थित रुपमा आधुनिक प्रविधिको प्रयोगसमेत नगरी सामाजिक सञ्जाल चलाएको शैलीमा औपचारिकताका लागिमात्र शिक्षा दिएजस्तो भएको उनको प्रस्तुतिमा उल्लेख थियो ।

कक्षाकोठामा मात्र नभई जहाँसुकै जतिसुकै बेला शिक्षा लिनुपर्ने भएकाले त्यसै अनुरुप तयारी गरिनुपर्नेमा सो अवसर जोड दिइएको थियो ।

“साना उमेरका बालबालिकाले कम अन्तरक्रिया गर्न चाहन्छन्, विषयमा केन्द्रित गर्न अप्ठ्यारो छ, शिक्षकले अनुहार देखाऊ भनिरहेका हुन्छन्, एक घण्टाको कक्षामा आधा घण्टा विद्यार्थीलाई यसो गर, उसो गर भनेर बित्छ, आधुनिक प्रविधि उपयोग नगर्दा अनलाइन सिकाइ प्रभावकारी हुन सकेको छैन”, उनले भने ।

हाल २१औँ शताब्दीको पेडागोजी प्रयोग गरेर भर्चुअल शिक्षा दिनुपर्ने र डिजिटल पेडागोजीलाई समेत शिक्षण सिकाइमा उपयोग गरिनुपर्नेमा कार्यक्रमका विज्ञले जोड दिएका थिए । विद्यार्थीलाई भर्चुअल माध्यमबाट दिएको सामग्री हेरे नहेरेको शिक्षकले हेर्न सकिने प्राविधिक प्रणाली समावेश गर्न सके अनलाइन शिक्षण सिकाइ प्रभावकारी हुने ढकालको भनाइ थियो ।

कक्षामा आएका र नआएका विद्यार्थीलाई समानुपातिक रुपमा सिकाउने प्रणाली, शिक्षकले धेरै बोलेर धेरै सिकाइ हुने नभई एक घण्टाको कक्षामा दुई पटक र डेढ घण्टाको कक्षामा तीन पटक शिक्षक बोले पुग्ने विधि अनलाइनबाट नै उपयोग गर्न सकिने जनाइएको छ । अरू समय विद्यार्थी पढाएको विषयमा केन्द्रित गराउनुपर्छ ।

अनलाइन शिक्षण सिकाइका बारेमा प्रस्तुति गर्दै प्रा डा हिमलाल घिमिरेले नेपालमा १२ प्रतिशत विद्यालयमा मात्र इन्टरनेट सुविधा दिन मिल्ने भन्ने प्रतिवेदन आर्थिक सर्वेक्षणमै उल्लेख भई आएकाले पूर्वाधार विकासमा गरिनुपर्नेमा जोड दिए ।

इन्टरनेट पूर्वाधार विकासका लागि सरकारले नीतिगत रुपमा पहुँच बढाउने गरी कार्यक्रम अघि सार्नुपर्ने उनको भनाइ थियो ।

फाउन्डेशनका सदस्यसचिव अतुल कोइरालाले शिक्षा र सूचनाको अधिकारका लागि पनि सबै नेपालीको पहुँचमा इन्टरनेट पूर्वाधार पुग्नुपर्ने बताए । नेपलामा शिक्षालाई प्रविधिसँग जोड्न फाउन्डेसनले माइक्रोसफ्ट कम्पनीसँग मिलेर काम गर्न लागेको उनले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ३ : ५९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित