विज्ञहरु भन्छन् : कोरोनाले थलिएको अर्थतन्त्र ‘कोभिसिल्ड’पछि नयाँ गतिमा « Khabarhub

विज्ञहरु भन्छन् : कोरोनाले थलिएको अर्थतन्त्र ‘कोभिसिल्ड’पछि नयाँ गतिमा


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना महामारीका कारण थलिएको नेपालको अर्थतन्त्र कोरोना विरुद्धको भ्याक्सिन (कोभिसिल्ड) सार्वजनिक प्रयोगमा आएसँगै अर्थतन्त्रले नयाँ गति लिएको विज्ञहरुले टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौँमा आयोजित ‘कोरोनाले थलाएको व्यापार-व्यवसाय र कोभिसिल्डपछी जुर्मुराएको अर्थतन्त्र’ विषयक अन्तरक्रियामा विज्ञहरुले यस्तो टिप्पणी गरेका हुन् ।

साना तथा मझौला व्यवसाय गर्ने व्यवसायीहरुको छाता संगठन फेडेरेसन अफ नेप्लिज स्टार्ट अप्स एण्ड एसएमइज (फोन्सास)ले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रमा रही व्यापार व्यवसाय गरिरहेका व्यवसायी तथा सम्बन्धित क्षेत्रका विज्ञहरुले कोभिसिल्डपछि नेपालको व्यापार-व्यवसायले नयाँ गति लिएको टिप्पणी गरेका हुन् ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै फोन्सासका अध्यक्ष अर्जुन भट्टराईले कोभिसिल्डपछी व्यापार व्यवसाय गर्नेहरुलाई व्यवसाय गर्ने ढुक्कको वातावरण बनेको बताए । कोरोनाका कारण थुप्रै व्यवसाय बन्द हुने अवस्थामा पुगेको बेला कोभिसिल्डले नेपाली व्यवसायहरुलाई नयाँ जीवन दिएको उनको तर्क थियो ।

कार्यक्रममा बोल्दै प्रोफेसर डाक्टर नवराज पन्तले कोभिसिल्डपछि नेपाली अर्थतन्त्रले नयाँ लय समातेको बताए । लामो समय कोरोनाका कारण थालिएको अर्थतन्त्र कोभिसिल्डपछी थप मजबुत हुने आशा व्यक्त गरे ।

‘कोभिसिल्ड आएपछि यसले नेपालीहरुलाई छुट्टै आत्मविश्वास त दिएको छ नै, यसले समग्र व्यापार व्यवसायलाई पनि चलायमान बनाउने आत्मविश्वास दिएको छ ‘, उनले भने ।

यस्तै नागरिक अगुवा परशुराम भट्टराईले पनि कोरोनाका कारण त्रासमा रहेका नेपालीहरुलाई कोभिसिल्डले दिएको आत्मविश्वास निकै महत्वपूर्ण र उल्लेखनीय रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, काठमाडौँ जिल्ला समितिका अध्यक्ष शन्तराम बिडारीले सरकारले प्राथमिकताका आधारमा पत्रकारहरुलाई कोभिसिल्डको उपलब्ध गराउनु निकै खुसीको कुरा भएको र यसले फ्रन्टलाईनमा रहेर काम गर्ने पत्रकारहरुलाई नयाँ उर्जा दिएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले कोभिसिल्ड आएपछि व्यापार व्यवसाय गर्ने ढुक्कको वातावरण बनेको बताइन् । उनले नेपालको सेयर बजार अझ सुधृढ हुने विश्वाससमेत व्यक्त गरिन् ।

कोरोना महामारीका कारण नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको भए पनि कोभिसिल्ड आएपछि अर्थतन्त्र चलायमान भएकाले नेपालको पूँजीबजारमा ढुक्कसँग लगानी गर्ने वातावरण बनेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै वरिष्ट चार्टर्ड एकाउन्टेन्ट एवम् नेपाल चार्ट र्ड एकाउन्टेन्ट संघ (एक्यान)का पूर्व अध्यक्ष हरि सिलवालले कोभिसिल्डले सबै व्यापार व्यवसायीहरुलाई नयाँ र बलियो आत्मविश्वास दिएको बताएका छन् ।

कार्यक्रममा उपस्थित अन्य वक्ताहरुले कोभिसिल्ड निकै प्रभावकारी भएको बताएका छन् । कोभिसिल्ड लगाएपछिको अनुभव साटासाट गर्ने क्रममा सबैजसो उपस्थितहरुले यसले आफूलाई छुट्टै तहको आत्मविश्वास दिएको बताएका छन् ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ९ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित