आँगनका ६५ श्रमिक आन्दोलित, १० दिनदेखि धर्ना « Khabarhub

आँगनका ६५ श्रमिक आन्दोलित, १० दिनदेखि धर्ना


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपत्यकामा गुणस्तरीय मिठाई तथा साकाहारी फाष्ठफुड रेष्टुरेष्टको रुपमा परिचित पशुपती फुड्स आँगनमा कार्यरत ६५ जना श्रमिकहरु आन्दालित भएका छन् ।

जसकारण उक्त रेष्टुरेष्टको कारखाना तथा आउटलेट आंसिक रुपमा मात्र सञ्चालनमा छन् ।

त्यस प्रतिष्ठानको आधिकारीक युनियन नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियनका अध्यक्ष कल्पना लामाले यसअघि भएका सम्झौताहरु कार्यान्वयन गर्न र काममा नलगाईएका श्रमिक साथीहरुलाई काममा हाजीर गराउने बिषयमा ब्यबस्थापनसंग छलफलको लागी पटक पटक मौखित तथा लिखित आग्रह गरेको बताइन् ।

वषौंदेखि काम गर्दै आएका श्रमिकहरुलाई अनिवार्य बिदामा राख्ने तर प्रतिष्ठानको कामको लागी दैनिक ज्यालादारीमा नयाँ कामदारहरु ल्याउने, भारतिय कामदारहरुलाई काममा लगाउने जस्ता ब्यबस्थापनको कार्यको बिरोध गरेको उनले आरोप छ ।

कोभिडका कारण १० जना श्रमिकलाई अझैं काममा फिर्ता गराउन नसकेकोमा उनीहरुको गुनासो छ ।

बिभिन्न समयमा भएका सहमती सम्झौताहरु कार्यान्वयन गर्न आग्रह गर्दा आफु महासेठ र श्रमिकहरुलाई दास ठान्ने, श्रमिक, श्रमिक प्रतिनिधी, युनियनसंग कुनै पनि बिषयमा छलफल गर्न तयार नहुने ब्यबस्थापनकको महासामन्ती प्रबृतीले गर्दा नै अहिले हामी आन्दोलनमा जान बाध्य भएका हौं उनले भनिन् ।

‘पशुपती फुड्स आँगन नामबाट सञ्चालन भएको थियो । जसमा दुईजना सञ्चालकहरु थिए । २०७७ आषाढमा ब्यबस्थापनले हामीलाई बैठकमा बोलाई अब हामीहरु छुट्टैछुट्टै आउटले र कारखाना सञ्चालन गर्ने भयौं, अब पशुपती फुड्स रहदैन । आकाश फुड्स र शिब फुड्स नामको कम्पनी हुनेछ । तपाईहरु सबै (६५ जना) श्रमिकहरु आकाश फुड्सको कामदार/कर्मचारी हुनु हुनेछ भने,’ आन्दोलित भएको कारण बताउँर्दै उनी भन्छिन्, ‘हामीले विस्वास गर्‍यो । तर उहाँले हामीलाई आकाश फुड्समा हस्तान्त्रण गर्ने अनी आकाश फुड्स बन्द गरी वर्षौदेखि कार्यरत श्रमिकहरुको रोजगारी खोस्ने, त्यस पछि भारतिय कामदारहरु र राज्यले तोकेको न्यनतम सेवा सुबिधा भन्दा पनि कममा श्रमिकहरु नियुक्ति गर्ने र फेरी दुवैजना मिलि पशुपती फुड्स वा शिब फुड्सबाट ब्यबसाय गर्ने खालको षड्यन्त्र गरेको हामीले सुचना पाएका छौ, यदी यो सत्य हो भने त्यो उहाँहरुको दिवा सपना मात्र हुनेछ । हामीले उठाएका बिषयहरु उपर जवसम्म ब्यबस्थापन छलफलको लागी तयार हुदैन तबसम्म हाम्रो शान्तिपुर्ण आन्दोलन जारी रहनेछ ।’

यद्यपी दुवै पक्षले समस्या समाधान गराई दिन श्रम तथा रोजगार कार्यालय, टेकु काठमाण्डौ समक्ष निवेदन गरेका छन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १० : ३७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित