कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मी भर्ना गरिँदै « Khabarhub

कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मी भर्ना गरिँदै


२३ बैशाख २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– दोस्रो चरणको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न पदका लागि ४४६ स्वास्थ्यकर्मी भर्ना प्रक्रिया शुरु गरेको छ । रिक्त रहेको दरबन्दी र थप आवश्यकता रहेको ठाउँमा करारमा स्वास्थ्यकर्मी भर्ना गर्नका लागि प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले दरबन्दी स्वीकृति गरेको प्रदेश मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रदेश मातहतमा रहेका अस्पताललाई आवश्यक पर्ने जनशक्ति तत्काल करारमा भर्ना गर्नका लागि निर्देशन दिइसकिएको सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले बताए । उनले भने, “कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि हामीले ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी भर्ना प्रक्रिया शुरु गरेका छौँ, सबै स्वास्थ्यकर्मीको पदपूर्ति भए कोरोना नियन्त्रण गर्न सहज हुनेछ ।”

यसैगरी प्रदेश सरकारले यहाँका नौवटै जिल्लामा रहेका अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य प्रविधि तथा अक्सिजन खरिद प्रक्रिया पनि शुरु गरेको बताइएको छ । प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पताल, जिल्ला अस्पताल अछाम, जिल्ला अस्पताल बाजुरा, जिल्ला अस्पताल बझाङ, जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल दार्चुला तथा जिल्ला अस्पताल डोटीमा आवश्यक पर्ने ४४६ स्वास्थ्यकर्मी भर्ना गर्न अस्पतालाई अनुमति प्रदान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ३ : ४२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित