कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेनन् « Khabarhub

कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेनन्


२३ बैशाख २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– पाँच दिनअघि तुलसीपुर उपमहानगरपालिका–६ को स्याउलीबजारमा रोकिराखेको कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेका छैनन् । घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक नगर्दासम्म शव नउठाउने बालकका अभिभावकले बताएका छन् ।

उनीहरुले बुधबार उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई भेट गरी ध्यानाकर्षणसमेत गराएका छन् । सो अवसरमा नगरप्रमुख पाण्डेले अनुसन्धानमा सहयोग गर्न पीडित परिवारलाई आग्रह गरे ।

नगरप्रमुख पाण्डेले अपराधपूर्ण कार्य भए कारवाही गर्नुपर्ने जनाउँदै त्यसका लागि पीडित परिवारले अनुसन्धानका लागि थप प्रमाण जुटाउनका लागि सहयोग गर्नुपर्ने बताए ।

घटनालाई निष्पक्ष तवरले अनुसन्धान गर्न तुलसीपुर प्रहरीलाई निर्देशन दिइएको उल्लेख गर्दै नगरप्रमुख पाण्डेले भिसेरा रिपोर्टपछि घटनाको वास्तविकता खुल्ने बताए ।

त्यसैगरी उनले पीडित परिवारलाई प्रतिव्यक्ति रु २५ हजारका दरले उपमहानगरपालिकाले सहयोगस्वरुप किरीया खर्च उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । दलित मुक्ति मोर्चाका अध्यक्ष सुरज परियारले घटना हत्या नै भएको बताए ।

त्यस्तै मृतक बालकका हजुरबुबा कृष्ण गन्धर्वले घटना हत्या नै भएको जिकिर गर्दै हत्यमा संलग्नलाई तत्काल सार्वजनिक गर्नुपर्ने माग राखे । सो घटनाको अनुसन्धान गर्न बाँकेबाट तालिमप्राप्त कुकुरसहित विशेषज्ञको टोली आएको थियो ।

शव परीक्षणका लागि बुटवलबाट विशेषज्ञ चिकित्सक बोलाइएको थियो । परीक्षण रिपोर्टमा चिकित्सकले शव सडेगलेको हुँदा विषादी सेवन वा अन्य यस्तै कारणले मृत्यु भएको हो या होइन भनी अनुसन्धान गर्न समस्या भएकाले भिसेरा परीक्षणका लागि काठमाडौँ पठाइसकेको तुलसीपुर इलाका प्रहरी कार्यालय प्रमुख शिवबहादुर सिंहले जानकारी दिए ।

तुलसीपुरको स्याउली बजारमा यही वैशाख १९ गते आरजेओआईसीसी ०८८५ भारतीय नम्बरको कारमा बरुवागाउँ निवासी भीमबहादुर परियारका नौ वर्षका छोरा सन्दीप, सोही ठाउँका सन्तोष परियारका सात वर्षका छोरा सुवर्ण र कृष्ण परियारका छ वर्षका छोरा करण मृतावस्थामा भेटिएपछि उक्त परिवार न्याय खोज्दै विभिन्न निकायमा पुग्ने गरेको छ ।

कारधनी यादवप्रसाद गैरे र चालक पदमबहादुर बस्नेतलाई प्रहरीले पत्राउ गरी ज्यान मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ३ : १० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित