संयोजक पाण्डेले भने : विवेकशील आन्दोलनलाई ‘थाङ्ना’मा सुताउने अधिकार कसैलाई छैन « Khabarhub

संयोजक पाण्डेले भने : विवेकशील आन्दोलनलाई ‘थाङ्ना’मा सुताउने अधिकार कसैलाई छैन


२० भदौ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टी नेतृत्वहरुलाई जिम्मेवार बन्न अपिल गर्दै पार्टीको उत्पन्न गतिरोध अन्त्य गरेर पार्टी एकीकरण जोगाउन अग्रसरता लिन अनुरोध गरेका छन् ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उनले विवेकशील साझाले वैकल्पिक राजनीतिको मूल बाटो बिराउन नहुने तर्क गरेका छन् । उनले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘विवेकशील साझा पार्टी विभिन्न आरोह अवरोह पार गर्दै, हजारौँ पार्टी सदस्यहरूको मेहनत, परिश्रमबाट लाखौँ नागरिकको आशा अनि अपेक्षा सँगाल्दै यहाँसम्म आइपुगेको छ। यसका निम्ति म सबै प्रति धन्यवाद दिन चाहन्छु र हाल पार्टीमा उत्पन्न घटनाक्रमका निम्ति म आफ्नो हिस्साको नैतिक जिम्मेवारी लिँदै आम नागरिक, सदस्य, शुभचिन्तकहरूसँग माफी माग्न चाहन्छु।’

उनले विवेकशील साझा पार्टी मूलभूत रूपमा युवा, महिला, सीमान्तकृत र अल्पसङ्ख्यक तप्काको प्रतिनिधित्व गर्दै आशाको अनि सम्भावनाको राजनीति गर्ने ‘प्रोग्रेसिभ’ पार्टी भएको जनाएका छन् । उनले नयाँ पुस्ताको पार्टी भएको बताउँदै विवेकशील साझाले उठाउने मुद्दा र गर्ने अभ्यास नेपाली राजनीतिका निम्ति नविनतम् र सिर्जनात्मक रहेको बताएका छन् ।

अहिले पार्टीमा देखिएको विचारको भिन्नताले चिन्तित बनाएको उल्लेख गरेका छन् । प्रेस विज्ञप्तिमा लेखेका छन्, ‘केही समय अघि हाम्रो पार्टीमा आधारभूत विचारमा भिन्नता देखापर्यो। पार्टीकै मुख्य नेताहरूबिच आएको यो विचारको भिन्नताले हामीलाई चिन्तित बनाएको छ। पार्टीभित्र अन्यौलता देखा परेको छ। चिन्ताको अर्को विषय, पार्टीको विधान कार्यदलले सर्वसम्मत ढङ्गले बनाएको विधान पाँच महिनासम्म केन्द्रीय समितिमा ल्याउन रोकिएको छ। पार्टी अध्यक्षले एकीकरणको सम्झौता विपरीत उहाँकै भाषामा ‘मार्ग परिवर्तन’ गर्नुभएको छ।’

उनले अध्यक्ष र संयोजकको सहमतिमा बैठकको एजेन्डा तय गर्ने र बैठक आह्वान गर्ने संयुक्त अधिकार जुन पार्टी विधानको दफा २० (१०), एकीकरणको सम्झौता पत्र र २०७७ साल मंगसिर २४ गतेको केन्द्रीय कमिटीको निर्णयमा स्पष्ट लेखिएको छ, त्यसको विपरीत गई, हुँदै नभएको अधिकार प्रयोग गरेर रवीन्द्रजीले एकल रुपमा केन्द्रीय समिति र सचिवालयको अवैधानिक बैठक बोलाएको र विधान र सम्झौता पत्रलाई च्यातेर धुजा धुजा बनाएको आरोप समेत लगाएका छन् ।

उनले अध्यक्षले बोलाएको बैठकलाई वैधानिक भनेर तर्क गरेको प्रति आक्रोश समेत व्यक्त गरेका छन्, उनले भनेका छन्, ‘यस विषयमा उहाँहरूले जवाफ दिनुपर्दछ कि पार्टी विधानको कुन दफाले अध्यक्षलाई एकल निर्णयले बैठक बोलाउने अधिकार दिएको छ, कुन दफाले बैठकको अध्यक्षता गर्ने अधिकार दिएको छ ? ‘प्रचलित अभ्यास’को हवाला दिनेहरूले बताउनुपर्छ कि त्यो प्रचलित अभ्यास कहाँ छ ? खोइ कहाँ छ त्यो प्रचलित कानून ?’

उनले पार्टी एकीकरणको मर्म विपरीत भएको, विधान मिच्दै गरिएका यी गतिविधिहरूले वैकल्पिक राजनीतिको, सुसंस्कृत राजनीतिको अवसान तर्फ त जाँदै छैन ? भनेर प्रश्न समेत गरेका छन् । पार्टीको विधानको धारा ३.१ मा लेखिएको छ, “… सङ्घीयतालाई संस्थागत गर्न योगदान पुर्‍याउने” तर, पार्टी अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको दस्ताबेज, पार्टीको विधान विपरीत ‘मार्ग परिवर्तन’ भन्दै पार्टीको सिद्धान्त विरुद्ध वक्तव्य बाजी गर्दै हिँडेको प्रति आक्रोश समेत पोखेका छन् ।

उनले भनेका छन् ‘संसारमा कुन त्यस्तो पार्टी छ, जसको अध्यक्षले सामान्य अवस्थामा पार्टीको नीति विपरीत ‘नितान्त व्यक्तिगत’ विचार भन्दै पार्टीको विधान विपरीत बोल्दै हिँडेको होस् ? स्वतन्त्रता हुन्छ तर पार्टीको विधान उल्लङ्घन गर्ने अधिकार स्वतन्त्रता होइन। अराजकता हो।’

पार्टी अध्यक्ष मिश्रले पार्टीको मूल बाटोमा रहेका नेताहरूलाई विभिन्न आरोप लगाउँदै कारबाही गर्ने चेतावनी दिनु हास्यास्पद भएको बताएका छन्।

‘पार्टीको विधान र घोषणापत्रमा टेकेर गरिने कुनै पनि गतिविधि समानान्तर गतिविधि होइनन्। समानान्तर गतिविधि भनेको पार्टीको घोषणापत्र र विधान अनुरूप काम नगर्नु हो। हो पक्कै पनि, समानान्तर गतिविधि गर्नेलाई कारबाही गर्नुपर्छ। पार्टीको लाइनभन्दा बाहिर गएर वक्तब्य बाजी गर्नेलाई प्रश्न गर्नुपर्छ। तर, त्यसलाई लागी कसले समानान्तर गतिविधि गरेको छ भन्ने कुरा बुझ्न जरुरी छ। अब त त्यो बुझ्न कठिन पनि छैन’, उनले भनेका छन् ।

आम नागरिकलाई साक्षी राखेर गरिएको एकीकरणको मर्म नमार्न समेत उलने अध्यक्ष मिश्रलाई सचेत गराएका छन् । उनले भनेका छन्, ‘सुसंस्कृत राजनीति गर्ने दलका नेतृत्वले उत्तर दिने बेला आएको छ। हामी मध्ये कसैलाई पनि वैकल्पिक राजनीतिको ‘अपहरण’ गर्ने छुट छैन। विवेकशील आन्दोलनलाई थाङ्नामा सुताउने अधिकार कसैलाई छैन।’

उनले सम्झौता पत्रप्रति आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । उनले भनेका छन्’ ‘यो एकीकरण प्रति पूर्ण रूपमा प्रतिबद्ध छु। यो वैकल्पिक राजनीतिको आन्दोलन प्रति पूर्ण प्रतिबद्ध छु। केही समय वैकल्पिक राजनीति अलमलिए पनि छिट्टै हामी सबैको प्रयत्नले मूल बाटोमा फर्कने विश्वास दिलाउन चाहन्छु।’

उनले यो अन्योलताबाट विचलित नहुन र पार्टीलाई थप मजबुत बनाएर पार्टी स्थापनाको मर्म, आवश्यकता र हालको परिस्थितिको जटिलतालाई सम्बोधन गर्दै अघि बढ्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  ४ : ३० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित