भरतपुर सबस्टेसनमा मर्मत जारी, मान्छे थपेर भए पनि काम छिटो गर्न घिसिङको निर्देशन « Khabarhub

भरतपुर सबस्टेसनमा मर्मत जारी, मान्छे थपेर भए पनि काम छिटो गर्न घिसिङको निर्देशन


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर सबस्टेसनमा रहेको पावर ट्रान्सफर्मर मर्मत जारी रहेकाले अझै कम्तीमा आठ घण्टा बत्ती नआउने भएको छ । सबस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमा समस्या आएपछि भरतपुर महानगरपालिकाको वडा नम्बर १ देखि १३ र २९, र तनहुँको देवघाट क्षेत्रमा मंगलबार दिउँसोदेखि विद्युत आपूर्ति बन्द छ ।

बिग्रिएको ट्रान्सफर्मरलाई हटाएर २२.५ एमभीएको अर्को पावर ट्रान्सफर्मर जडान भइरहेको छ । ट्रान्सफर्मर जडान सक्न कम्तिमा आठ घण्टा लाग्ने अनुमान गरिएको छ । अर्को ट्रान्सफर्मर पोखराबाट ल्याइदै गरेको प्राधिकरणले जनाएको छ । ट्रान्सफर्मर जडान सकिएपछि मात्रै बत्ती आपूर्ति हुनेछ ।

तिहारको बेलामा भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठसहितको टोली भरतपुर पुगेको छ । उनीहरूले मर्मत भइरहेको स्थलगत निरीक्षण गर्दै छिट्टो काम सक्न निर्देशन दिएका छन् ।

कार्यकारी निर्देशक घिसिङले मर्मत कार्यको अनुमगन गरी जनशक्ति थपेर जतिसक्दो छिटो विद्युत आपूर्ति गर्न निर्देशन दिएका छन् । ‘तिहारको बेला उपभोक्तालाई अँध्यारोमा राख्न हुँदैन, मर्मतका लागि कामदार थपेर भए पनि तत्काल सक्नुपर्छ, तत्कालका लागि उद्योगहरूलाई दिएको विद्युत आपूर्ति कटौती गरी घरायसी प्रयोगमा बत्ती दिने व्यवस्था मिलाउनु पर्छ,’ उनले निर्देशन दिए ।

सबस्टेसनमा रहेका दुई वटा ट्रान्सफर्मरमध्ये एउटामा शनिबार बिहानबाट समस्या देखिएको हो । सबस्टेसनमा रहेको अर्कोमा पनि मंगलबार दिउँसोबाट समस्या देखिएपछि भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द गरिएको हो ।

अहिले वैकिल्पक व्यवस्था गरी हस्पिटलहरू, खानेपानी, जिल्ला प्रशासन तथा प्रहरी, विमानस्थललगायत क्षेत्रमा मात्रै विद्युत आपूर्ति गरिएको छ । सबस्टेसनबाट विद्युत आपूर्ति गर्ने १० वटा फिडरहरूमध्ये एउटा मात्र सञ्चालनमा ल्याउन सकिएको छ ।

सबस्टेसनमा समस्या आउँदा यस क्षेत्रका करिब ५५ हजार ग्राहक विद्युत सेवाबाट वञ्चित भएको प्राधिकरण भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्रका प्रमुख राजीवकुमार सिंहले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ४ : ४४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित