काठमाडौँ महानगरले पशुपंक्षीलाई समेत आहाराको व्यवस्था गर्ने « Khabarhub

काठमाडौँ महानगरले पशुपंक्षीलाई समेत आहाराको व्यवस्था गर्ने


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) सम्वन्धी राहतवितरण मापदण्ड–२०७६ पारित गरेको छ ।

महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा आज बसेको ४३ औं नगर कार्यपालिका बैठक यो मापदण्ड पारित गरेको हो ।

कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन र यसको रोकथाम-नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवा बाहेक सबै बन्द गरेको, मानिसहरुलाई घर बाहिर निस्कन रोक लगाएकोलगायतका कारणले काठमाडौँ महानगपालिका भित्र वसोवास गर्दै आएका असाहय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई तत्काल राहत उपलब्ध गराउन यस्तो मापदण्ड पारित गरेको प्रमुख शाक्यले जानकारी दिए ।

बैठकले पारित गरेको मापदण्डमा अभिभावक नभएका, आफ्नो आयश्रोत नभएका अरुको सहयोग एवं सहारामा बस्ने जस्तै अनाथ आश्रम, बृद्धाश्रम, संरक्षण गृह, मन्दिर गुम्बा, मस्जिदमा आश्रित भएका व्यक्तिलाई असाहय भनिएको छ ।

त्यसैगरी मापदण्डमा अतिविपन्नमा आन्दामीको कुनै स्थायी स्रोत नभएका, दैनिकी गुजार गर्न धौधौ भएका र सम्वन्धित वडाले अतिविपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवार भनी उल्लेख गरिएको छ ।

संगठित संस्थामा काम गर्ने बाहेक काठमाडौँ महानगरमा विगतदेखि दैनिक रुपमा ज्यालामजदुरी गर्दै आएका काठमाडौँमा घर–जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति भनी मापदण्डले उल्लेख गरेको छ ।

बैठकले हालै विदेश भ्रमण गरी महानगरपालिकामा बस्दै आएका व्यक्तिहरुको विवरण संकलन तत्कालै सुरुवात गर्ने पनि निर्णय गरेको छ ।

‘हालै विदेश भ्रमण गरी महानगरपालिकामा बस्दै आएका व्यक्तिहरुलाई समेत समान व्यवहार प्रस्तुत गर्दै सबैको विवरण संकलन गर्न सम्वन्धित वडाले तत्काल काम सुरु गर्ने निर्णय आजको बैठकले गरेको छ,’ प्रमुख शाक्यले भने, ‘असाहय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिहरुको पहिचानमा विवरण संकलनले थप सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’

बैठकले विवरण संकलनका लागि एकै प्रकारको फारम ३२ वटै वडालाई वितरण गरेको छ भने खाद्य सामाग्री पनि समान रुपमा वितरण गर्ने भएको छ । ‘लकडाउनपछि अहिले खाद्यन्न, ग्याँस लगायतका सामाग्रीको अभाव हुने हो कि भन्ने धेरैमा आशंका उत्पन्न भएको छ,’ प्रमुख शाक्यले भने, ‘आजको बैठकले यस्तो समस्यालाई समेत हल गर्न र भीडभाड कम गराउन सुरक्षाकर्मी, जनप्रतिनिधिलगायतको सहयोगमा सबै काठमाडौँ महानगवासीको घर–घरमा खाद्यन्न पुर्याउने, आपूर्ति ब्यवस्थालाई सहज बनाउन सम्वन्धित निकायसँग छलफल गरी अघि बढ्ने बैठकले निर्णय गरेको छ ।’

पशुपंक्षी, चराचुरुङ्गी लगायतको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नका लागि महानगरपालिकाले ३२ वटै वडाले उनीहरुलाई आहाराको व्यवस्था गर्नुपर्ने  निर्णय गरेको छ ।

‘लकडाउनका कारण मानिसको आवागमन नहुँदा र होटल, रेष्टुराँहरु सञ्चालन हुँदा सामूदायिक कुकुर, बाँदर र छाडा चौपायाले खानेकुरा खान नपाएको कुरालाई ध्यानमा राख्दै उनीहरुलाई आहाराको व्यवस्था गर्न ३२ वटै वडाले पहल गर्ने निर्णय भएको छ,’ प्रमुख शाक्यले भने, ‘राहत वितरणलगायतका लागि ठूला वडालाई चार, मझौला वडालाई तीन र साना वडालाई दुई लाख थप निकासा दिएका छौँ । आवश्यक पर्यो भने पुनः थप गर्ने निर्णय भएको छ ।’

उनले त्यही रकमबाट सामूदायिक कुकुर, छाडा चौपाय, बाँदर र अन्य चराचुरुङ्गीलाई पनि आहाराको व्यवस्था गर्न वडालाई निर्देशन दिएको जानकारी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ९ : २५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित